१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

४९ सांसदको समर्थनसहित राजेन्द्र राईद्वारा मुख्यमन्त्रीमा दाबी पेश



विराटनगर । विपक्षी गठबन्धनको समर्थनसहित नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

मुख्यमन्त्री भीम आचार्यले राजीनामापत्र बुझाए लगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मंगलबार दिउँसो १ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । त्यसलगत्तै ४९ जना सांसदको समर्थनसहित राईले नयाँ सरकार गठनका लागि आजै दाबी पेश गरेका हुन् । ४९ जना प्रदेशसभा सदस्यहरुले राईलाई समर्थन दिएको हस्ताक्षर गरेका छन् । उपसभामुख सरस्वती पोखरेल मातृशोकमा रहेका कारण उनको हस्ताक्षर भएको छैन ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसद रहेका छन् ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ५ : ५४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम