२९ चैत्र २०८२, आइतबार | April 12, 2026

प्रधानन्यायाधीसले तोके बन्दी प्रत्यक्षीकरणका ९ वटा इजलास



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले बिहीबारका लागि ९ वटा इजलास तोकेका छन् । जबराले १५ जना न्यायाधीशहरूका लागि ९ इजलास तोकेका हुन ।

सबै इजलास बन्दी प्रत्यक्षीकरणको मुद्दासँग मात्र केन्द्रित रहेका छन् । यीमध्ये ६ वटा संयुक्त र तीन वटा एकल इजलास रहेका छन् ।

सर्वोच्चका न्यायाधीसहरु प्रधानन्यायाधीसको कार्यशैलीप्रति असन्तुष्ट रहँदै इजलास बहिस्कार गर्दै आएका छन् । उनीहरुले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग गर्दै दबाब दिइरहेका छन्। उनीहरुले एकसाता अघिदेखि सबै खाले इजलास बहिस्कार गर्दै आएकोमा मंगलबार बन्दी प्रत्यक्षीकरणका मात्र मुद्दामा सुनुवाइ गरेका थिए । तर प्रधानन्यायाधीस जबराले बन्दी प्रत्यक्षीकरणसहित अन्य मुद्दामा समेत पेशी तोकेपछि बुधबारको इजलास पुनः बहिस्कार गरेका थिए ।

जबरा विरुद्ध नेपाल बार एसोसिएसन पनि आन्दोलनमा उत्रिएको छ। बारले १५ गतेदेखि सर्वोच्च परिसरमा कालो पट्टी बाँधेर धर्ना दिइरहेको छ । तिहारसम्म पनि प्रधानन्यायाधीसले राजीनामा नदिए थप सशक्त आन्दोलन गर्ने बारले निर्णय गरेको छ ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ११ : ०० बजे

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी

दाङमा पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका-१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको