१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

प्रहरीद्वारा काठमाडौंको नागढुंगामा भारतीय नक्कली सूर्य चुरोट नष्ट



काठमाडौं । प्रहरीले नेपालमा बिक्रिवितरणमा नरहेको भारतीय नक्कली सूर्य चुरोटलाई नष्ट गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले बिहीबार चेकजाँचको क्रममा सो चुरोट बरामद गरेको थियो ।

भन्सार छलेर ल्याएको २५० बट्टा नष्ट भारतीय सुर्य चुरोट नष्ट गरेको प्रहरीले जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीषक निरु दुवाल, चन्द्रगिरी नगरपालिका वडा नं. २ का अध्यक्ष गोपी सुर्खेती लगायतका स्थानीयको रोहवरमा ती नक्कली चुरोट नष्ट गरिएको पनि प्रहरीले जनाएको छ ।

सूर्य नेपाल प्रालिले उत्पादन गर्ने सूर्य चुरोट नेपालमा बिक्रि हुने गरेको छ । तर, सूर्यको जस्तै बट्टा बनाएर भारतमा उत्पादित नक्कली चुरोट बेलाबेलामा नेपालभित्र बिक्रि हुने गरेको छ ।

विशेषगरी भारतीय सीमा नाका क्षेत्रमा नक्कली सूर्य चुरोटको छयाप्छयाप्ती बिक्रि हुने गरेको छ । दुई वर्षअघि जनकपुर क्षेत्रमा यस्तै नक्कली चुरोट विक्रि भएको खबर संचारमाध्यमहरुले प्रसारण प्रकाशन गरेपछि प्रहरीले नियन्त्रणको प्रयास गरेको थियो ।

नेपालमा नक्कली सूर्य चुरोट बिक्रि हुँदा राज्यलाई राजस्वमा समेत घाटा लाग्ने गरको छ । सूर्य नेपाल प्राली नेपाल सरकारलाई बढी राजस्व बुझाउने कम्पनी हो ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ४ : ३९ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू