२९ मंसिर २०८२, सोमबार | December 15, 2025

डडेल्धुरामा एमाले अधिवेशन : एकलौटी गतिविधि गरे पार्टी फुट्ने चेतावनी 



डडेल्धुरा । एमाले डडेल्धुराले पाँचवटा स्थानीय  तहमा नेतृत्व चयन गरेको छ। गाउँ तथा नगर अधिवेशनबाट डडेल्धुराका सात स्थानीय तहमध्ये पाँचमा नेतृत्व चयन भएको हो।

सम्पन्न गाउँ तथा नगर अधिवेशनबाट अमरगढी नगरपालिका गणेश कठायत, परशुराम नगरपालिका ओम प्रकाश जोशी, आलिताल गाउँपालिका अमर पुन, भागेश्वर गाउँपालिका दिपक महता र अजयमेरु गाउँपालिका राजबहादुर पाल अध्यक्षमा चयन भएका छन्।

सात स्थानीय तहमध्ये अधिवेशन सम्पन्न भएका पालिकाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको एमाले जिल्ला कमिटी अध्यक्ष प्रकाशबहादुर साउदले बताए। उनका अनुसार बाँकी रहेका नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा तिहारपछि अधिवेशन गरिने भएको छ।

अधिवेशनमा एमाले नेता डा. तारा जोशी समूह निर्वाचनमा सहभागी भएको छैन। जोशी तत्कालीन एमालेका अध्यक्षसमेत हुन्। साविकको एमाले अध्यक्ष जोशी रहेको उल्लेख गर्दै एमाले नेता धनबहादुर साउदले १० बुँदे सहमति कार्यान्वयन नभएसम्म कुनै पनि कार्यक्रममा सहभागी नहुने बताए।

उनले भने, ‘म एमाले डडेल्धुराको सचिव हुँ, मलाई कुनै जानकारी नगरी एकलौटी रूपमा गरिएका पार्टी गतिविधिको सन्देश नकारात्मक हुनेछ।’

केन्द्रीय कमिटीले गरेको १० बुँदे सहमति कार्यान्वयन नभए पार्टी दुई भागमा विभाजन हुने एमालेका नेता तथा नवदुर्गा गाउँपालिका अध्यक्ष कविन्द्र बिष्टले बताए।

पार्टी एकता र १० बुँदे कार्यान्वयमा नेता तथा कार्यकर्ता एकमत हुनुपर्ने अध्यक्ष बिष्टको भनाइ छ। जिल्लाका ५२ वटा वडा मध्ये ४८ वडामा अधिवेशन सम्पन्न भएको छ । चारवटा वडामा अधिवेशन हुन सकेको छैन।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  १२ : २६ बजे

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी