२९ चैत्र २०८२, आइतबार | April 12, 2026

त्रिवेणी–दुम्किबास सडक बनाउँछौँः मुख्यमन्त्री पोखरेल



नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुरुङमार्ग निर्माण गरेरै पनि त्रिवेणी–दुम्किबास सडकखण्डसञ्चालन गरिने बताएका छन् ।

गृहजिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दुमा आयोजित कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले चितवन राष्ट्रिय निकुञ्ज र युनेस्कोको विरोधका कारण वैकल्पिक तरिका अपनाएर भए पनि उक्त सडक विस्तार गरिने बताएका हुन् ।

स्थलमार्ग बनाउन नपाए सुरुङमार्ग या फ्लाइओभर बनाएर पनि सडक विस्तार गर्ने गरी प्रदेश सरकार अगाडि बढेको मुख्यमन्त्री पोखरेलले दाबी गरे। नेपाललाई उत्तर–दक्षिण जोड्ने छोटो र उपयुक्त सडक त्रिवेणी–कोरला सडक भएकाले त्रिवेणी–दुम्किबास जोड्ने सडकका विषयमा चासो दिनका लागि आफूले प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएको र छिट्टै समस्या समाधान हुने आश्वासन पाइएको उनको भनाइ थियो ।

विसं २०६२ मा ट्रयाक निर्माण गरिएको त्रिवेणी–दुम्किबास सडक निर्माणमा निकुञ्जले अवरोध गरेका कारण जिल्लावासीहरू त्रिवेणी जानका लागि लुम्बिनी प्रदेशको बर्दघाट भएर जानुपर्ने बाध्यता छ ।

त्रिवेणी–कोरला सडकलाई प्रदेशको गौरव आयोजनामा राखिएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले चीनबाट भारतसम्म जोड्ने यो सडक प्रदेशका लागि मात्र नभएर राष्ट्रका लागि पनि महत्वपूर्ण हुने जिकिर गरे । त्रिवेणीबाट दुम्किबाससम्म २३ किलोमिटरमध्ये आठ किलोमिटर क्षेत्र निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्ने भएकाले कोरला–त्रिवेणी सडक निमार्णको काम अगाडि बढ्न सकेको छैन । निकुञ्जले भने सडक निर्माण गर्न नमिल्ने बताउँदै आएको छ । रासस

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  १२ : ३७ बजे

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ