१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

बर्दिबासमा मोटरसाइकल र सुमो ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु



महोत्तरी । महोत्तरीको बर्दिबासमा टाटा सुमो र मोटरसाइक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बर्दिवास-३ स्थित कारेभोगटे पुल नजिकै सिन्धुली तर्फ जाँदै गरेको ना १ ज ५७४७ नंको सुमो र स १० प ३९९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका-५ का सुन्धिर मिश्र रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका मिश्रलाई बर्दिबास स्थित सुभस्वतिक अस्पतालमा लगिएको थियो ।

थप उपचारका लागि गोल्डेन अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १० : ०६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम