१७ बैशाख २०८१, सोमबार | April 29, 2024

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आर्थिक केन्द्रको रूपमा अगाडि बढ्दैछ : गृहमन्त्री खाँण



भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आर्थिक केन्द्रको रूपमा अगाडि बढेको बताएका छन् ।

भैरहवामा निर्माणाधीन विमानस्थलको अवलोकन गर्दै खाँणले विमानस्थल निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै यो हवाई उडानका लागि मात्र नभई पर्यटन आगमन र आर्थिक केन्द्रको रूपमा अगाडि बढेको बताए ।

उनले थाई सरकारले अहिले आफ्ना नागरिकलाई विदेश जान फुकुवा गरेकोले एरो थाईले क्यालिब्रेशन फ्लाइट गर्ने र नगरे भारत सरकारसँग जिटुजी माध्यमबाट क्यलिब्रेशन फ्लाइट गर्न प्रक्रिया अघि बढेकोले छिट्टै क्यालिब्रेशन उडान हुने आश्वासन दिए ।

गृहमन्त्री खाँणले विमानस्थलको सुरक्षाप्रति गृह मन्त्रालय र सुरक्षा निकाय गम्भीर रहेको बताउँदै विमानस्थल आउने यात्रुहरूलाई विमानस्थल सुरक्षित छ भनेर अनुभूति दिलाएर फर्काउने कुरामा गम्भीर रहेको बताए । ‘त्रिपाल टाँगेर भए पनि विमानस्थलमा सुरक्षा प्रदान गर्छौं, सुरक्षा निकायका लागि आवश्यक भवनको निम्ति स्थान छुट्याउनुहोला, तर भवन बिना पनि त्रिपाल टाँगेर भए पनि विमानस्थलमा सुरक्षाको व्यवस्था गरिनेछ,’ उनले भने ।

उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा, सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कूलप्रसाद न्यौपानेले तत्कालको लागि क्यालिब्रेशन फ्लाइट नै आवश्यक रहेकोले सरकारले तदारुकता देखाउन आग्रह गरे ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशतभन्दा बढी रहेको पनि केही परीक्षण त्यससँग लिङ्क भएको काम बाँकी रहेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी गराए ।

१५ जनवरी २०१५ मा सुरु भएको आयोजना एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०।५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी अर्थात् ६ अर्ब ८२ करोडको ६ अर्ब ८२ करोड ४० लाख ८६ हजार ८ सय ८४ रुपैयाँ ३२ पैसाको लगानीमा बन्दैछ ।

निर्माणाधीन आइसिबी १ स्तरको विमानस्थल चिनिया कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ । यस्तै आईसिबी–२ अन्तर्गत विमानस्थलमा जडान हुने उपकरणहरूका लागी पनि करिब ५० करोड लगानी छ, आईसिबी–२ अन्तर्गतको काम थाइल्यान्डको एरो थाई कम्पनीले गरिरहेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ८ : २७ बजे

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा