२९ माघ २०८२, बिहिबार | February 12, 2026

दुई लाख ६८ हजार नगदसहित जुवाखालबाट १५ पक्राउ



भक्तपुर । प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बेशीटोलबाट आज बिहान रु दुई लाख ६८ हजार ३९० सहित ९जुवा०कौडा खेल्ने र खेलाउने १५ जनालाई पक्राउ गरेको छ ।

बेशीटोलस्थित दीपककुमार तामाङले सञ्चालन गरेको मङ्गोलियन वेभ रेस्ट्रो एण्ड बारभित्र पैसाको हारजीत हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई खालबाट नै नगदसहित २०९ थान कौडासमेत पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

बयालीस वर्षीय धनबहादुर तामाङ, २४ वर्षीय वीरवल तामाङ, २६ वर्षीय शुक्रे तामाङ, २१ वर्षीय राजकुमार तामाङ, २९ वर्षीय सञ्जय तामाङ, ३० वर्षीय सोनाम लामा, ३५ वर्षीय मनकुमार तामाङ, ३६ वर्षीय दिलिपकुमार तामाङ, ३९ वर्षीय राजकुमार थिङ, ३२ वर्षीय वीरबहादुर तामाङ, २४ वर्षीय कुमार तामाङ, ३५ वर्षीय सुरज लामा र ३४ वर्षीय दीलिप तामाङलाई पक्राउ गरेको छ ।

त्यसैगरी प्रहरीले गोरखा जरङ गापा–४ घर भई, चाँगुबस्ने ३७ वर्षीय सुमन गुरुङ, बारका सञ्चालक चाँगुनारायण नगरपालिका–६ तेलकोट बेशीटोल बस्ने ४० वर्षीय दीपककुमार तामाङ, २१ वर्षीय राजकुमार तामाङ, २९ वर्षीय सञ्जय तामाङ, ३० वर्षीय सोनाम लामा र ३५ वर्षीय मनकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको प्रनाउ गिरीले जानकारी दिए ।

बारका सञ्चालक तामाङले पहिलैदेखि नै पैसाको हारजीत हुने गरी जुवा खेल्ने खेलाउने गरेको अनुसन्धानको क्रममा खुल्न आएको र उनीहरूलाई आवश्यक कारबाही अगाडि बढाएको उनले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ८ : ३६ बजे

टी-२० विश्वकपमा नेपालको निराशाजनक प्रदर्शन, इटालीसँग १० विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाल

रुकुमपूर्व पुगे प्रचण्ड, लुकुमका स्थानीयले गरे खाम मगर संस्कृतिअनुसार स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा रुकुम पूर्वका उम्मेदवार

इटालीविरुद्ध नेपालको कमजोर ब्याटिङ, जम्मा १२३ रनको योगफल

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा

यी संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा माग्न नपाउने

काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन खर्चका लागि भन्दै आर्थिक सहयोग

डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस

डडेल्धुरा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा गढ जोगाउन प्रयासमा