२ पुस २०८२, बुधबार | December 17, 2025

दुई लाख ६८ हजार नगदसहित जुवाखालबाट १५ पक्राउ



भक्तपुर । प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बेशीटोलबाट आज बिहान रु दुई लाख ६८ हजार ३९० सहित ९जुवा०कौडा खेल्ने र खेलाउने १५ जनालाई पक्राउ गरेको छ ।

बेशीटोलस्थित दीपककुमार तामाङले सञ्चालन गरेको मङ्गोलियन वेभ रेस्ट्रो एण्ड बारभित्र पैसाको हारजीत हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई खालबाट नै नगदसहित २०९ थान कौडासमेत पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

बयालीस वर्षीय धनबहादुर तामाङ, २४ वर्षीय वीरवल तामाङ, २६ वर्षीय शुक्रे तामाङ, २१ वर्षीय राजकुमार तामाङ, २९ वर्षीय सञ्जय तामाङ, ३० वर्षीय सोनाम लामा, ३५ वर्षीय मनकुमार तामाङ, ३६ वर्षीय दिलिपकुमार तामाङ, ३९ वर्षीय राजकुमार थिङ, ३२ वर्षीय वीरबहादुर तामाङ, २४ वर्षीय कुमार तामाङ, ३५ वर्षीय सुरज लामा र ३४ वर्षीय दीलिप तामाङलाई पक्राउ गरेको छ ।

त्यसैगरी प्रहरीले गोरखा जरङ गापा–४ घर भई, चाँगुबस्ने ३७ वर्षीय सुमन गुरुङ, बारका सञ्चालक चाँगुनारायण नगरपालिका–६ तेलकोट बेशीटोल बस्ने ४० वर्षीय दीपककुमार तामाङ, २१ वर्षीय राजकुमार तामाङ, २९ वर्षीय सञ्जय तामाङ, ३० वर्षीय सोनाम लामा र ३५ वर्षीय मनकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको प्रनाउ गिरीले जानकारी दिए ।

बारका सञ्चालक तामाङले पहिलैदेखि नै पैसाको हारजीत हुने गरी जुवा खेल्ने खेलाउने गरेको अनुसन्धानको क्रममा खुल्न आएको र उनीहरूलाई आवश्यक कारबाही अगाडि बढाएको उनले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ८ : ३६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल