११ श्रावण २०८३, सोमबार | July 27, 2026

१४३ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १४३ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

४ हजार ८४४ जनामा गरिएको परीक्षणमा १४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ हजार ९सय ८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जनामा संक्रमण देखिएको छ । यस्तै ३ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी १४३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५६३ जना निको भएका छन् । यस्तै, कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

नेपालमा मंगलबारसम्म कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार ३७५ पुगेको छ । यस्तै, ७ लाख ९५ हजार ३९७ जना संक्रमणमुक्त भएका छन् भने मृत्‍यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ ।

आज देशभर ७ हजार ७१३ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । जसमध्ये ७ हजार १२४ जना होम आइसोलेसनमा रहेका छन् । ५८९ जना संस्थागत आइसोलेसनमा, १९७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

मन्त्रालयका अनुसार १० वर्ष मुनिका ५ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ । यसैगरी ११ देखि २० वर्ष उमेर समूहका ७ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ५ : १३ बजे

धनगढीमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी युवतीको उपचारका क्रममा मृत्यु

कैलाली । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी एक

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन गरिँदै

काठमाडौं । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा-सिस्नेखोला

झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख

झापा । पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक