१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

स्क्रव टाइफसबाट गोरखामा पहिलो पटक मानिसको मृत्यु



पोखरा । पशुमा लाग्ने किर्नाबाट सर्ने स्क्रब टाइफसका कारण गोरखामा एक जनाको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका-६ थापाटारका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको चितवन मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए ।

अचानक ज्वरो बढेपछि उनलाई गोरखा अस्पताल लगिएको थियो । गोरखा अस्पतालले उपचार गर्न नसक्ने जानकारी दिएपछि भरतपुर रिफर गरिएको थियो । अस्पताल लगेको २४ घण्टा नपुग्दै उनको मृत्यु भएको हो । उनको स्क्रव टाइफसकै कारण मृत्यु भएको शाखा प्रमुख खनालले पुष्टि गरेका हुन् ।

‘केही दिनदेखि बिरामी हुनुहुन्थ्यो भन्ने परिवारलाई सोधेर थाहा भयो । उहाँको गोरखा अस्पतालले सिएमसीमा रिफर गरेको र त्यहाँ परीक्षणका क्रममा टाईफस पुष्टि भएको जानकारी पाएका छौं’, उनले भने, ‘पालिकाका अरु वडाहरूमा कसैलाई स्क्रव टाइफस छैन । मान्छेको मृत्यु नै भयो भनेपछि हामी तातेका छौं । स्वास्थ्यकर्मी खटाएर शंका लागेका व्यक्तिहरूलाई परीक्षण गर्छौं ।’

गण्डकी प्रदेशको गोरखा र म्याग्दी यो रोगको हटस्पट थियो । यसअघि आरुघाट गाउँपालिकामा ३५ जनालाई स्क्रव टाईफस पुष्टि भएको थियो । अन्य पालिकामा पनि अलिअलि देखिएका छन् । यद्यपि, अहिले जिल्लाका अन्य पालिकामा पनि यो रोग खासै छैन । स्क्रव टाइफसका कारण मृत्यु हुने गोरखामा यो नै पहिलो घटना हो । पहिलो पटक बिरामीको मृत्यु भएपछि अन्य पालिकाहरुले सचेतना बढाएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ११ : १२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा