२ कार्तिक २०८३, सोमबार | October 19, 2026

सर्वोच्चका न्यायाधीस विभाजित ! इजलासमा फर्किए थप दुई न्यायाधीस



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका तीनजना न्यायाधीस सोमबर मुद्दा सुनुवाइमा सहभागी भएका छन् ।

बन्दीप्रत्यक्षीकरणको रिट मात्र सुनुवाइ गर्ने बताएका न्यायाधीसहरूले जबराले आफ्ना लागिसमेत इजलास तोकेपछि बन्दीको रिटमा समेत सुनुवाइ नगर्ने बताएका थिए । तर, न्यायाधीसहरू कुमार चुडाल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी इजलास फर्किएर मुद्दा सुनुवाइमा सहभागी भएका छन् ।

ढुंगाना र रेग्मीले संयुक्त इजलासमा एउटा बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ थालेका छन् । यसअघि अर्का न्यायाधीस चुडालले त्यस्तै प्रकृतिको रिटमा सुनुवाइ गरी आदेशसमेत जारी गरेका छन् ।

चुडाल र अर्का न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा एक एकवटा रिट पेसीमा थिए । दुईमध्ये चुडालले रिटमाथि सुनुवाइ गरी आदेश दिएका छन् भने श्रेष्ठ अहिलेसम्म इजलास गएका छैनन् ।

प्रधानन्यायाधीस जबराले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीसलाई छोडेर रोलक्रममा कनिष्ठतम् न्यायाधीसहरूका लागि इजलास गठन गरेका थिए ।

जबराविरुद्ध आन्दोलन गरिरहेका न्यायाधीसलाई मुद्दा सुनुवाइ नछाड्न चर्को दवाव परिरहेको छ भने प्रधानन्यायाधीस आफुप्रति नरम देखिएका न्यायाधीसको इजलास तोकेर धमाधम मुद्दा सुनुवाइ अघि बढाउने रणनीतिमा छन् । उनको यही रणनीतिअनुसार सोमबरका लागि इजलास गठन भएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  २ : १९ बजे

नवरात्रको नवौँ दिन : आज पनि महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : उपाधिका लागि न्यू डाँफे र जय किसन भिड्ने

नेपालगन्ज । बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता २०८३ को दोस्रो

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ । काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

मुस्ताङ । यसपालीको दशैंको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर । नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका