१२ बैशाख २०८१, बुधबार | April 24, 2024

निर्मला कुर्मी हत्या प्रकरणमा आरोपीत ७ जनाले दिए गिरफ्तारी



नेपालगन्ज । २० दिनको पैदलयात्रा र हप्ता बढीको आमरण अनसनपछि अनुसन्धानको दायरमा आएको बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा आरोपित ७ जना प्रहरी कार्यालयमा आफै उपस्थित भएका छन् । अपहरण गरेर कर्तव्य गरेको आरोप मा किटानी जाहेरीका आधारमा बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जि जारी भएका मध्य ७ जना प्रहरीकै सल्लाहमा प्रहरी समक्ष गिरफ्तारी दिएका छन् ।

निर्मलाको अपहरण गरेर हत्या गरेको किटानी जाहेरी परेको मध्येका रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धीरेन्द्र सिंह र कुँवर बबन सिंहले गिरफ्तारी दिएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए । आरोपीहरुलाई जिल्ला अदालतबाट ७ दिनको अनुमति लिएर हिरासतमा राखिएको छ ।

आरोपी मध्य पूर्व साँसद एवम नेपाली काँग्रेसका नेता बादशाह कुर्मी यस अघिनै अदालतमा उपीसथत भएर हाजिरी जवानीमा रहेका छन् भने आज गिरफ्तारी दिन आएका कुँवर बबन सिंहलाई ८० वर्ष पुगेको हुनाले अदालतले हाजिरी जमानीमा छाड्न आदेश गरेको डीउसपी न्यौपानेले बताए ।

गत भदौ १० गते अदालत उपस्थित भएका कर्मीलाई सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाड्ने निर्णय गरेको थियो ।

प्रहरी अनुसन्धानमा निर्मला कुर्मीले ७ वर्षअघि अर्जुन कुर्मीसँग विवाह गरेर भारत गएको र भारतमै उनको मृत्यु भएको खुलेको प्रहरीले दाबी गरेपनि अधिकार कर्मी रुबी खान सहितको निर्मलाका आफन्तीहरुले नेपालगन्जबाट काठमाडौं सम्म पैदल पुगेर आमरण अनसन बसेपछि गठित छानविन आयोगले घटनाको अनुसन्धान गर्ने सिफारिस गरेपछि सो प्रकरण अनुसन्धानको दायरामा आएको हो । नेपालगञ्जमा मजदुरी गर्न आएका अर्जुनसँग घरजम गरेर बसेकी कुर्मीको भारतमा २०७६ चैतमा मृत्यु भएको अनुसन्धानबाट थाहा भएको प्रहरीको दाबी छ । बाँके प्रहरीले निर्मलाको नाममा रहेको सम्पत्ती हडप्न जोर जबर्जस्ती गरेको, बिभिन्न जाल झेल गरेको देखिएपनि हत्या भएको पुष्टी हुन नसक्ने दाबी गर्दे आएको छ । सम्पत्ती हडप्ने कार्यमा अनुसन्धान गर्न सकिने भएपनि निर्मलाको अपहरण र हत्याको पुष्टी हुन नसकेको डीएसपी न्यौपानेले बताए । यद्देपी प्रहरी अनुसन्धान जारी रहेकाले अनुसन्धानको पछिल्लो परिणामबाट सत्यतथ्य उजागर हुने उनले अपेक्षा गरे ।

अधिकारकर्मि रुबी खान सहितको टोलीले भने निर्मलाको सम्पती हडपेर पूर्व सांसद बादशाह कुर्मी सहितको समूहले अपहरण गरेको र अपहरण पछि हत्या भएको भन्दै आन्दोलन गरिरहेको छ । निर्मलाको बिबाह नाटकियरुपमा गराईएको र मजदुरी गर्ने व्यक्तिलाई आर्थिक प्रलोभन देखाई जग्गा हडपेपछि भारत पठाइृएको रुबी खानको भनाई छ । बिबाह गरेको भनिएका अर्जुनले समेत प्रहरी समक्ष आरोपी रमेश थापाको प्लाई उद्योगमा २० दिन बढी बन्धक बनाएर सहीछाप गर्न लगाएको बयान दिएबाट अपहरणको मुद्दा पुष्टी हुने आन्दोलनरत पक्षको भनाई छ । निर्मलाका आफन्तले प्रहरीलाई अपहरण पछि हत्या भएको दावी गर्दै किटानी जाहेरी दिएका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ९ : ५५ बजे

सडक दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी-८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा

कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको