१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

मुहान मर्मत नहुँदा खानेपानीको अभाव



डोटी । वर्षाका कारण आएको बाढीपहिरोले बगाएका यहाँका खानेपानीका मुहान मर्मत नगरिएकाले पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको हाहाकार भएको छ ।

असोज अन्तिम साताको अबिरल वर्षाका कारण पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित राजपुरबजारको खानेपानी मुहान सलेनामा ५०० मिटर पाइप बगाएको र समयमै मर्मत गर्न नसकिएका कारण पानी उपलब्ध गराउन कठिन भएको राजपुर खानेपानी सरसफाइ उपभोक्त समितिले जनाएको छ ।

यहाँका प्रमुख व्यापारिक केन्द्र पिपल्ला, दिपायल, राजपुर तथा सिलगढीमा खानेपानीको हाहाकार भएपछि दिपायल सिलगढी नगरपालिकाको दमकलले पानी वितरण गरेकामा अहिले बन्द गरेका कारण उपभोक्तालाई फोहर पानी खानुपर्ने बाध्यता रहेको स्थानीयवासी रामकुमार सिंहले बताए । उनले भने, “नजिकै रहेको सेती नदीमा खाली बालुवा र लेदोमात्रै बगिरहेको छ, धारामा पानी आउँदैन, नगरपालिकाले पनि पानी बाँड्न बन्द गरिदियो, अब निकै गाह्रो भयो ।”

लगातारको बेमौसमी वर्षासँगै बाढीपहिरोका कारण जिल्ला सदरमुकाम सिलगढीमा पनि खानेपानीका मुहानका पाइप बगाउँदा त्यहाँ पनि खानेपानीको अभाव भएको छ । यहाँको बजारमा आपूर्ति हुँदै आएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि खानेपानीको समस्या भएको सिलगढी खानेपानी, सरसफाइ तथा उपभोक्ता समितिले जनाएको छ । पहिराले दिपायल सिलगढी नगरपालिका–९ को कलेनाखोला मुहानमा रहेको पाइप बगाएको थियो ।

बजारमा खानेपानी नभएका कारण यहाँका नागरिकलाई हातमुख धुन तथा शौचालय जानसमेत समस्या भएको स्थानीयवासी तथा होटल व्यवसायी सिद्धराज जोशीले जानकारी दिए ।

बाढीपहिराका कारण बगाएको खानेपानीको पाइप मर्मतका लागि कर्मचारी खटिएका र कतिपय ठाउँमा पाइप र मुहान नै बगाएर समस्या भएका कारण मर्मत गर्न गाह्रो भइरहेको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर धामीले बताए । उनले भने, “खानेपानी सञ्चालनका लागि कर्मचारी साथीहरु खटिइरहेका छन्, बाढीले कतिपय ठाउँमा तहसनहस गरेकाले समस्या भएको हो, जति सकिन्छ चाँडै पानी सञ्चालन गर्छौँ ।” रासस

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १० : ०० बजे

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

धरौटीमा रिहा गर्ने आदेश भएको एक सातापछि दिपेश पुन धरौटी बुझाएर रिहा

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा

अवैध डेढ केजी बढी सुन र डेढ करोड रकम सहित सात जना पक्राउ

काठमाडौं ।अवैध सुनको कारोवारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका(२४ स्थितबाट