११ श्रावण २०८३, सोमबार | July 27, 2026

मुहान मर्मत नहुँदा खानेपानीको अभाव



डोटी । वर्षाका कारण आएको बाढीपहिरोले बगाएका यहाँका खानेपानीका मुहान मर्मत नगरिएकाले पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको हाहाकार भएको छ ।

असोज अन्तिम साताको अबिरल वर्षाका कारण पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित राजपुरबजारको खानेपानी मुहान सलेनामा ५०० मिटर पाइप बगाएको र समयमै मर्मत गर्न नसकिएका कारण पानी उपलब्ध गराउन कठिन भएको राजपुर खानेपानी सरसफाइ उपभोक्त समितिले जनाएको छ ।

यहाँका प्रमुख व्यापारिक केन्द्र पिपल्ला, दिपायल, राजपुर तथा सिलगढीमा खानेपानीको हाहाकार भएपछि दिपायल सिलगढी नगरपालिकाको दमकलले पानी वितरण गरेकामा अहिले बन्द गरेका कारण उपभोक्तालाई फोहर पानी खानुपर्ने बाध्यता रहेको स्थानीयवासी रामकुमार सिंहले बताए । उनले भने, “नजिकै रहेको सेती नदीमा खाली बालुवा र लेदोमात्रै बगिरहेको छ, धारामा पानी आउँदैन, नगरपालिकाले पनि पानी बाँड्न बन्द गरिदियो, अब निकै गाह्रो भयो ।”

लगातारको बेमौसमी वर्षासँगै बाढीपहिरोका कारण जिल्ला सदरमुकाम सिलगढीमा पनि खानेपानीका मुहानका पाइप बगाउँदा त्यहाँ पनि खानेपानीको अभाव भएको छ । यहाँको बजारमा आपूर्ति हुँदै आएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि खानेपानीको समस्या भएको सिलगढी खानेपानी, सरसफाइ तथा उपभोक्ता समितिले जनाएको छ । पहिराले दिपायल सिलगढी नगरपालिका–९ को कलेनाखोला मुहानमा रहेको पाइप बगाएको थियो ।

बजारमा खानेपानी नभएका कारण यहाँका नागरिकलाई हातमुख धुन तथा शौचालय जानसमेत समस्या भएको स्थानीयवासी तथा होटल व्यवसायी सिद्धराज जोशीले जानकारी दिए ।

बाढीपहिराका कारण बगाएको खानेपानीको पाइप मर्मतका लागि कर्मचारी खटिएका र कतिपय ठाउँमा पाइप र मुहान नै बगाएर समस्या भएका कारण मर्मत गर्न गाह्रो भइरहेको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर धामीले बताए । उनले भने, “खानेपानी सञ्चालनका लागि कर्मचारी साथीहरु खटिइरहेका छन्, बाढीले कतिपय ठाउँमा तहसनहस गरेकाले समस्या भएको हो, जति सकिन्छ चाँडै पानी सञ्चालन गर्छौँ ।” रासस

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १० : ०० बजे

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्ने सुविधा दिने

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप