३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

निर्मला कुर्मी मृत्यु प्रकरण : अनशन स्थगित गरी अनुसन्धानलाई सहयोग गर्न गृहमन्त्रीको आग्रह


१८ पुस २०७९, सोमबार  

1.2k
Shares

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी मृत्यु प्रकरणका विषयमा थप अनुसन्धान गरी सत्यतथ्य प्रतिवेदन पेस गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्रालयमा आज गृहसचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफलमा मन्त्री लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई उक्त निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

गृहमन्त्री लामिछानेले सिआइबीलाई चाँडोभन्दा चाँडो प्रतिवेदन आउने गरी स्वतन्त्रपूर्वक उक्त घटनाको छानबिन गर्न पनि निर्देशन दिएका छन् ।

प्रहरी अनुसन्धानको अहिलेसम्मको रिपोर्टबारे जानकारी लिएसँगै गृहमन्त्री लामिछानेले निर्मला कुर्मीको न्यायका लागि अनशनरत महिला अधिकारकर्मी रुवी खानलाई टेलिफोन गरी अनशन स्थगन गरी अनुसन्धानलाई सहज बनाइदिन आग्रह गरेका छन् ।

हाल निर्मला कुर्मी र नकुन्नी धोवीको मृत्यु प्रकरणका दोषीलाई कारबाही गरी पीडितलाई उचित न्याय दिन भन्दै अधिकारकर्मीहरूले काठमाडौँको माइतीघरमा धर्ना तथा रिले अनशन थालेका छन् ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  १० : २३ बजे

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर । हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका

लागुऔषधसहित नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस्

काठमाडौं । बडा दशैंको समयमा खानपानमा हुने अनियमिता र विशेष