१ कार्तिक २०८३, आइतबार | October 19, 2026

सुनसरी एमाले तीन नेताको निजी कम्पनी बन्यो : द्वारिकलाल चौधरी



सुनसरी । सुनसरीमा नेकपा (एमाले) तीन नेताको निजी कम्पनी भएको पार्टी पूर्वजिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले बताएका छन् ।

पार्टीको संयुक्त बैठक मनोमानी रूपले अघि बढाएको भन्दै बहिष्कार गरेर निस्केका चौधरीले पार्टीका केन्द्रीय सचिव तथा प्रदेश १ इन्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य तैयुब हुसेन र जगदिश कुसियतले पार्टीलाई निजी कम्पनीजस्तो सेयर होल्डर बाँडेर चलाएको आरोप लगाएका हुन् ।

उनले पार्टी तैयब हुसेन, जगदीश कुशियत र भीम आचार्यको पेवा जस्तो देखिएको बताउँदै भने, ‘नेतृत्व नायक हुन्, बिर्तावाल होइनन् ।’

चौधरीले टिके प्रथालाई प्रोत्साहन गर्ने र अवैधानिक गतिविधि गर्ने कार्य सच्याउन र संलग्नलाई कारबाही गर्नसमेत माग गरेका छन् । पार्टीमा विधि पद्धतिको कुरा गर्ने तर व्यवहारमा टिके प्रथालाई मान्यता दिने कार्यले आम कार्यकर्ता निराश भएको बताए ।

पार्टीको केन्द्रीय सदस्यलाई अध्यक्षता गर्न लगाएर बैठक भाँड्न खोजेको आरोप लगाए । उनले बैठकमा जेठ २ लाई आधार मानेर रमेश बस्नेत वा संस्थापन पक्षले जिल्ला अध्यक्ष तोकेको रेवती रमण भण्डारीलाई अध्यक्षता गराउनु पर्ने यदि यसमा पनि सहमति नभए दुवैलाई अध्यक्षता मान्नु पर्ने माग राखेका थिए ।

जिल्ला अध्यक्ष दाबी गर्ने दुई नेताहरूभन्दा बाहेक तेस्रो नेताको अध्यक्षतामा महाधिवेशन आयोजक समिति घोषणा गर्ने कार्य विधान विपरीत भएको भन्दै एमाले सुनसरी लगाम बिनाको गोडा भएको समेत बताए ।

उनले भने ‘म मेयर भएपछि रमेश बस्नेतलाई छाडेको हुँ, कि त वहाँ हुनुपर्‍यो,’ उनले भने, ‘कि त रेवती भण्डारीले नेतृत्व गर्दै आउनुभएको छ, वहाँको अध्यक्षतामा कार्यक्रम हुनुपर्‍यो ।’ त्यसो नहुँदा आफ्नो अध्यक्षतामा भए पनि कार्यक्रम गर्न सकिने विकल्प राख्दै उनले केन्द्रीय सदस्यलाई अध्यक्षता गराउनु गलत भएको बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ७ : ४९ बजे

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : उपाधिका लागि न्यू डाँफे र जय किसन भिड्ने

नेपालगन्ज । बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता २०८३ को दोस्रो

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ । काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

मुस्ताङ । यसपालीको दशैंको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर । नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ