२३ बैशाख २०८१, आइतबार | May 5, 2024

भक्तपुरमा एमाले संगठित सदस्यकाे संख्या साढे ९ हजार



भक्तपुर । नेकपा (एमाले) १०औँ महाधिवेशनका लागि भक्तपुरमा पनि तयारी तीब्र छ । मंसिर १०-१२ चितवनमा हुने महाधिवेशनका लागि वडा र गाउँ अधिवेशन भइसकेका छन् ।

भक्तपुर जिल्लाबाट एमाले पार्टी संगठित सदस्यको संख्या ९ हजार ४ सय २७ रहेकाे एमालेले जानकारी दिएकाे छ । एमाले भक्तपुरका अध्यक्ष बचन देउजाका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा ३ हजार ३ सय ३४ र निर्वाचन क्षेत्र नम्बर २ मा ६ हजार ९३ जना संगठित सदस्य छन् ।

जिल्ला र विशेष जिल्ला अन्तर्गत ५ सयसम्म दलित सदस्यमध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि आउनेछन् । तीन प्रतिनिधिमध्ये एक महिला अनिवार्य हुने व्यवस्था गरिएको छ । हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १ हजार २ सय पार्टी संगठित सदस्यबाट कम्तिमा एक महिलासहित ३ जना महाधिवेशन प्रतिनिधिका रुपमा चुनिने व्यवस्था रहेको छ।

केन्द्रीय सल्लाहकार परिषद्बाट १५ जना र प्रदेश र सो सरहका कमिटीबाट कम्तिमा दुई महिलासहित पाँच जनाका दरले प्रतिनिधि आउनेछन् । एमाले केन्द्रीय कार्यालयको अनुसार पार्टीको संगठित सदस्यको संख्या सात लाख २८ हजार छ । ती सदस्यहरुबाट महाधिवेशनमा एक हजार पाँच सय ५२ जना महाधिवेशन प्रतिनिधिको रुपमा चुनिएर आउने छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ८ : ११ बजे

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं

पटकपटक हेर्न नभ्याइनेमा पर्दैआएको सन्दीपको मुद्धा आज ‘हेर्न नमिल्ने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा

उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल-जापान सम्बन्ध

काठमाडौं । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपालको औपचारिक भ्रमणमा