७ आश्विन २०८३, बुधबार | September 23, 2026

भक्तपुरमा एमाले संगठित सदस्यकाे संख्या साढे ९ हजार



भक्तपुर । नेकपा (एमाले) १०औँ महाधिवेशनका लागि भक्तपुरमा पनि तयारी तीब्र छ । मंसिर १०-१२ चितवनमा हुने महाधिवेशनका लागि वडा र गाउँ अधिवेशन भइसकेका छन् ।

भक्तपुर जिल्लाबाट एमाले पार्टी संगठित सदस्यको संख्या ९ हजार ४ सय २७ रहेकाे एमालेले जानकारी दिएकाे छ । एमाले भक्तपुरका अध्यक्ष बचन देउजाका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा ३ हजार ३ सय ३४ र निर्वाचन क्षेत्र नम्बर २ मा ६ हजार ९३ जना संगठित सदस्य छन् ।

जिल्ला र विशेष जिल्ला अन्तर्गत ५ सयसम्म दलित सदस्यमध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि आउनेछन् । तीन प्रतिनिधिमध्ये एक महिला अनिवार्य हुने व्यवस्था गरिएको छ । हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १ हजार २ सय पार्टी संगठित सदस्यबाट कम्तिमा एक महिलासहित ३ जना महाधिवेशन प्रतिनिधिका रुपमा चुनिने व्यवस्था रहेको छ।

केन्द्रीय सल्लाहकार परिषद्बाट १५ जना र प्रदेश र सो सरहका कमिटीबाट कम्तिमा दुई महिलासहित पाँच जनाका दरले प्रतिनिधि आउनेछन् । एमाले केन्द्रीय कार्यालयको अनुसार पार्टीको संगठित सदस्यको संख्या सात लाख २८ हजार छ । ती सदस्यहरुबाट महाधिवेशनमा एक हजार पाँच सय ५२ जना महाधिवेशन प्रतिनिधिको रुपमा चुनिएर आउने छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ८ : ११ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११