१ पुस २०८२, मंगलबार | December 16, 2025

राष्ट्रिय जनगणना देश विकासको महत्त्वपूर्ण आधारस्तम्भ : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्यि जनगणना देश विकासको महत्वपूर्ण आधारस्तम्भ भएको बताएका छन् ।

बिहीबारदेखि शुरु हुन लागेको १२ औं राष्ट्रिय जनगणनका अवसरमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले जनगणनामा सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले भनेका छन्, ‘सहि विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

आजदेखि शुरु हुने जगणना मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ। यस पटक सामुदायिक प्रश्नावली समेत समावेश गरिएको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।

जनगणनाबाट प्राप्त हुने तथ्यांकले देश विकासका लागि सहयोग गर्ने उनले बताएका छन् । प्रधानमन्त्री देउवाले भनेका छन्, ‘त्यसबाट प्राप्त हुने तथ्यांक केन्द्रदेखि स्थानीय तहसम्मको नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न उपयुक्त हुनेछन् ।’

यससँगै भविष्का लागि योजना बनाउन पनि सजिलो हुने प्रधानमन्त्रीले उल्लेख गरेका छन् । ‘विगतमा हामी कुन अवस्थामा थियौं, अहिले कुन अवस्थामा छौं र भोलिको उज्ज्वल भविष्य निर्माणका लागि के गर्नुपर्नेछ भन्ने कुरा थाहा पाउनका लागि पनि जनगणना अपरिहार्य हुन्छ,’ उनले भनेका छन् ।

जनगणनाका क्रममा उपलब्ध गराइने विवरण गोप्य राखिने प्रधानमन्त्रीले जनाएका छन् । प्रधानमन्त्री देउवाले भनेका छन्, ‘तपाईहरुले दिने विवरण गोप्य रहने भएकाले आआफ्नो घरमा आउने गणकलाई सही विवरण दिन हुन हार्दिक अनुरोध गर्दछु ।’

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ८ : २७ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच