१ कार्तिक २०८३, आइतबार | October 19, 2026

सर्वोच्चसहित उपत्यकाका अदालतमा नेपाल बारको धर्ना



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले आज बिहीबार पनि आन्दोलनलाई निरन्तरता दिएको छ ।

जबराको राजीनामाको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको बारले आज सर्वोच्च अदालतसहित काठमाडौं उपत्यकामा रहेका विशेष, उच्च र जिल्ला अदालसँगै न्यायाधिकरणमा पनि धर्ना दिँदैछ ।

बिहान १० बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर अदालत र न्यायाधिकरणमा धर्ना दिइने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

बारले यसअघि सर्वोच्च अदालत परिसरमा प्रदर्शन र धर्ना दिँदै आएको थियो । प्रधानन्यायाधीशको आचरणलाई लिएर सर्वोच्चकै न्यायाधीश पनि राजीनामा माग गरिरहेका छन् ।

कानुन व्यवसायीले आज ‘बन्दी प्रत्यक्षीकरण’ बाहेकका निवेदनमा सुनुवाइ नगर्न माग गरेका छन् । बारले प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू, न्याय परिषद्, न्याय सेवा आयोगलाई छुट्टाछृट्टै पत्र पठाउँदै राजीनामा नआएसम्म पेशी नतोक्न र इजलासमा नबस्न आग्रहसहित पत्र पनि पठाउँदै छ ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  १० : ४३ बजे

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : उपाधिका लागि न्यू डाँफे र जय किसन भिड्ने

नेपालगन्ज । बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता २०८३ को दोस्रो

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ । काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

मुस्ताङ । यसपालीको दशैंको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर । नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ