२५ चैत्र २०८२, बुधबार | April 8, 2026

बाजुरामा दुई पुरूष मृत फेला



बाजुरा । बाजुरा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा जगन्नाथ गाउँपालिका-६ का १८ वर्षीय जीवन चदारा र बूढीगङ्गा नगरपालिका-४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल छन् ।

चदारा बूढीनन्दा नगरपालिका-५ विरसैनमा तथा कटुवाल बूढीगङ्गा नगरपालिका-८ रिठाबजार नजिकै बूढीगङ्गा नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कटुवाल यही कात्तिक २२ गतेदेखि बेपत्ता थिए । यस्तै चदारा रोजगारीको सिलसिलामा सदरमुकाम मार्तडी आउँदै थिए ।

कटुवालको शव परीक्षणपछि दाहसंस्कारका लागि आफन्तलाई जिम्मा लगाइएको छ भने चदाराको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  १ : ५४ बजे

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री