१५ चैत्र २०८२, आइतबार | March 29, 2026

नवनियुक्त तीन प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । नवनियुक्त तीन प्रदेश प्रमुखहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश १ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पनि उपस्थिति थियो ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक मंगलबार प्रदेश १ को प्रदेश प्रमुखमा खापुङ, कर्णाली प्रदेशको प्रदेश प्रमुखमा परियार र सुदूरपश्‍चिम प्रदेशको प्रदेश प्रमुखमा जोशीलाई नियुक्त गरेकी थिइन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ४ : २५ बजे

रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ स्थित (छुसाङ-तेताङ) गाउँबीच प्राकृतिक

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौं । पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी