१२ आश्विन २०८३, सोमबार | September 28, 2026

पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनल



काठमाडौं । पाकिस्तानलाई पराजित गर्दै अष्ट्रेलिया आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार दुबईमा भएको रोमाञ्चक खेलमा अष्ट्रेलिलाई पाँच विकेले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले ५ विकेट गुमाउँदै १९ ओभरमा भेटायो । म्याथ्यु वेडले शाहीन शाह अफ्रिदीको ओभरमा लगातार तीन छक्का प्रहार गर्दै अष्ट्रेलियालाई जित दिलाए ।

निकै प्रतिस्पर्धात्मक खेलमा कितबेला अष्ट्रेलिया अगाडि हुन्थ्यो भने कतिबेला पाकिस्तान । तर, अन्तिम २ ओभरमा २२ रन आवश्यक हुँदा अष्ट्रेलियाले एकै ओभरमा २२ रन बनायो । अष्ट्रेलियाको जितमा वेडले नटआउट १७ बलमा ४१ रन बनाए भने मार्सक स्टोइनिसले ४० रन बनाए । डेबिड वार्नरले ४९ रन बनाएका थिए ।

पाकिस्तानका लागि सादब खानले ४ विकेट लिए पनि अन्य बलर सफल नहुँदा पाकिस्तान उपाधि होडबाट बाहिरियो । आईसीसीको कुनै पनि इभेन्टको नकआउटमा पाकिस्तानले हालसम्म अष्ट्रेलियालाई पराजित गर्न सकेको छैन ।

अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा न्यूजिल्याण्डसँगको भेटलाई पक्का गरेको छ । न्यूजिल्याण्डले इंग्ल्याण्डलाई पारजित गर्दै फाइनलको यात्रा गरेको थियो ।

यी दुबै टिमले हालसम्म टी-ट्वान्टी विश्वककपको उपाधि जित्न सकेका छैनन् । त्यसैले यो पटक नयाँ विजेता बन्ने पक्का भएको हो । फाइनल खेल आगामी सोमबार हुनेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ६ : ३३ बजे

चोलेन्द्र प्रकरण अपराध अनुसन्धानका प्रमुख खड्कालाई आयोगले बोलायो

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हिरासतमा

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउ–रिहाइ प्रकरण संसद्मा, सांसदद्वारा सरकारसँग जवाफ माग

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिएर केही घण्टामै

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम

चोलेन्द्र पक्राउ प्रकरणमा बोले प्रचण्ड : ‘छोरी कुटेर बुहारी तर्साउन खोजिए’ सरकारका लागि घातक हुने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलको ट्रफी सार्वजनिक

बुटवल । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग