२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनल



काठमाडौं । पाकिस्तानलाई पराजित गर्दै अष्ट्रेलिया आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार दुबईमा भएको रोमाञ्चक खेलमा अष्ट्रेलिलाई पाँच विकेले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले ५ विकेट गुमाउँदै १९ ओभरमा भेटायो । म्याथ्यु वेडले शाहीन शाह अफ्रिदीको ओभरमा लगातार तीन छक्का प्रहार गर्दै अष्ट्रेलियालाई जित दिलाए ।

निकै प्रतिस्पर्धात्मक खेलमा कितबेला अष्ट्रेलिया अगाडि हुन्थ्यो भने कतिबेला पाकिस्तान । तर, अन्तिम २ ओभरमा २२ रन आवश्यक हुँदा अष्ट्रेलियाले एकै ओभरमा २२ रन बनायो । अष्ट्रेलियाको जितमा वेडले नटआउट १७ बलमा ४१ रन बनाए भने मार्सक स्टोइनिसले ४० रन बनाए । डेबिड वार्नरले ४९ रन बनाएका थिए ।

पाकिस्तानका लागि सादब खानले ४ विकेट लिए पनि अन्य बलर सफल नहुँदा पाकिस्तान उपाधि होडबाट बाहिरियो । आईसीसीको कुनै पनि इभेन्टको नकआउटमा पाकिस्तानले हालसम्म अष्ट्रेलियालाई पराजित गर्न सकेको छैन ।

अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा न्यूजिल्याण्डसँगको भेटलाई पक्का गरेको छ । न्यूजिल्याण्डले इंग्ल्याण्डलाई पारजित गर्दै फाइनलको यात्रा गरेको थियो ।

यी दुबै टिमले हालसम्म टी-ट्वान्टी विश्वककपको उपाधि जित्न सकेका छैनन् । त्यसैले यो पटक नयाँ विजेता बन्ने पक्का भएको हो । फाइनल खेल आगामी सोमबार हुनेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ६ : ३३ बजे

जिल्ला प्रशासन कार्यालय जाजरकोटको सेवा अब प्रिफ्याब भवनबाट

जाजरकोट । टेन्टबाट सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले

उपेन्द्र यादवले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका