१ कार्तिक २०८३, आइतबार | October 18, 2026

प्रधानन्यायाधीश जबरा पक्षधर आन्दोलनका ६ जना पक्राउ



काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष र विपक्षमा प्रदर्शन भइरहेका छन् । कार्यपालिकासँग राजनीतिमा भागबण्डा खोजेकोलगायतका आरोप लगाएर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ भने असंवैधानिक बाटोबाट प्रधानन्यायाधीशको राजीनामा माग्न नहुने भन्दै जबरा पक्षका कानुन व्यवसाइ पनि आन्दोलनमा छन् ।

शुक्रबार प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने गरी बार धर्नामा बसेपनि चोर बाटोबाट जबरा अदालत प्रवेश गरेका छन् । सोही समयमा कानुन शासन विरुद्ध हुने गरी बार आन्दोलनमा उत्रिएको भन्दै जबराको पक्षमा पनि केही कानुन व्यवसायी र केही व्यक्ति प्रदर्शनमा उत्रिएको छ ।

शुक्रबार जबराको पक्षमा प्रदर्शनमा उत्रिएका छ जनालाई सर्वोच्च अदालत अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएको छ । तारा बराल समूहका छ जनालाई नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लबमा राखिएको एसपी रमेश कुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा पाँच जना महिला र एक पुरुष छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ११ : ३३ बजे

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : उपाधिका लागि न्यू डाँफे र जय किसन भिड्ने

नेपालगन्ज । बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता २०८३ को दोस्रो

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ । काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

मुस्ताङ । यसपालीको दशैंको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर । नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ