११ बैशाख २०८१, मंगलबार | April 23, 2024

विप्लव पनि ढिलोचाँडो माओवादी केन्द्रमा आउनुहुन्छ : प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्डले नेकपा महासचिव ‘विप्लव’ छिट्टै माओवादी केन्द्रमै फर्कने विश्वास व्यक्त गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश कार्यक्रमलाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रचण्डले विप्लवलाई आफ्नो पार्टीमा छिट्टै भित्र्याउन आफू आतुर रहेको बताए ।

“एक्लै क्रान्ति गर्छु भन्दा क्षति मात्रै हुन्छ, छिट्टै विप्लवजीहरुलाई पनि यहाँ हात मिलाउने, अंकमाल गर्ने प्रतिक्षामा छु ।” प्रचण्डले भने ।

पार्टी विभाजन गरी बाहिरिएका मोहन वैद्य र डा।बाबुराम भट्टराईसँग एकताका लागि कुराकानी चलिरहेको पनि उनले बताए । “विप्लव पनि ढिलोचाँडो आउनुहुन्छ । अलग भएर होइन, एक ठाउँ भइ नेपाली क्रान्तिलाई मौलिक तरिकाले अघि लान सकिन्छ,” उनले भने ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ११ : ४६ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको