७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले महाधिवेशन प्रतिनिधि : लुम्बिनीमा सर्वसम्मतकै प्रयास, रोल्पा र पाल्पा-१ मा छानिए



बुटवल । नेकपा (एमाले)को आसन्न १० औँ राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशका जिल्लामा शनिबार प्रतिनिधि छनोट गरिँदैछ । लुम्बिनी प्रदेशका २६ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छान्न नेताहरू शुक्रबारदेखि नै सर्वसम्मतको प्रयासमा छन् ।

शुक्रबार बिहानदेखि भएको सर्वसम्मतिको प्रयास अधिकांश निर्वाचन निर्वाचन क्षेत्रमा सफल हुन सकेको छैन । अहिलेसम्म रोल्पा र पाल्पा-१ मा मात्र सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् । एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष लिला गिरी अन्य जिल्लाका निर्वाचन क्षेत्रमा पनि सर्वसम्मतको प्रयास जारी रहेको र शनिबार साँझसम्म टुंग्याउने गरी प्रयास गरिरहेको बताए ।

लुम्बिनीका रुपन्देही, दाङ, बाँके लगायतका जिल्लाबाट सबैभन्दा धेरै प्रतिनिधि चयन हुँदैछन् । यी जिल्लामा आकांक्षी धेरै हुँदा मिलाउन सकस देखिएको छ । ‘समय लगाएर भएपनि सर्वसम्मत प्रतिनिधि चयनको प्रयास गर्छौं,’ अध्यक्ष गिरीले भने ।

रोल्पाबाट महिला कोटामा जुनमाया बुढा र इश्वरी जिएम, दलित कोटाबाट रिमा नेपाली र खुल्लातर्फ कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्तकुमार वली चयन भएको एमाले रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढाले बताए ।

१५ जना प्रतिनिधि सहभागी हुने पाल्पा-१ मा ६ जना सर्वसम्मत भएका छन् । जसमा दुई महिला र चारजना पुरुष छन् । २ मा पनि सहमतिको प्रयास जारी राखिएको एमाले पाल्पाका अध्यक्ष नारायण आचार्यले जानकारी दिए ।

१८ जना प्रतिनिधि चयन हुने गुल्मीमा पनि सर्वसम्मत रुपमा प्रतिनिधि छनोटको प्रयास जारी छ । यसका लागि जिल्ला अध्यक्ष मधुकृष्ण पन्तसहितको सचिवालयलाई जिम्मेवारी दिइएको छ । ४३ जना आकांक्षीले हस्ताक्षर गरेर नेतृत्वलाई सर्वसम्मत रुपमा प्रतिनिधि छनोटको अधिकार दिएकाले शनिबार साँझसाँ टुंगो लगाइने अध्यक्ष पन्तले बताए ।

लुम्बिनीमा सबैभन्दा धेरै प्रतिनिधि रुपन्देहीबाट छानिँदै छन् । ३३ जना प्रतिनिधि छानिने रुपन्देहीमा आकांक्षी भने धेरै हुँदा नेतृत्वलाई व्यवस्थापनमा समस्या देखिएको छ । जिल्लामा १ सय जनाभन्दा धेरै आकांक्षीले महाधिवेशन प्रतिनिधि छान्न लविङ गरिरहेका छन् ।

कपिलवस्तुमा दलित कोटाबाट दुई जना सर्वसम्मत चयन भएका छन् । अन्यको टुंगो लागेको छैन । १९ जना प्रतिनिधि चयन हुने कपिलवस्तुमा पनि आकांक्षी धेरै हुँदा समय लागेको र सहमतिमै प्रतिनिधि चयन गर्ने प्रयास भैरहेको नेता भेषराज पाण्डेले बताए ।

एमाले अर्घाखाँचीका नेता शोभाखर पाण्डेले प्रतिनिधि छान्ने काम शनिबार सकिने बताए । सहमतिको प्रयास अन्तिम चरणमा पुगेको र जिल्लाबाट छानिने १६ जना प्रतिनिधिलाई सर्वसम्मत बनाइने उनले बताए । बाँके र बर्दियामा पनि सहमतिमा प्रतिनिधि छनोटको प्रयास भैरहेको एमाले लुम्बिनी प्रदेश अध्यक्ष गिरीले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : २७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११