८ बैशाख २०८१, शनिबार | April 20, 2024

माओवादी अध्यक्ष प्रचण्ड अस्पताल भर्ना



काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आए पछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।

धपेडीले रक्तचाप बढेर स्वास्थ्यमा समस्या आएको छोरी गंगा दाहालले जानकारी दिएकी छन् ।

कर्णाली प्रदेशका ऊच्च हिमाली क्षेत्र देखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण अध्यक्ष प्रचण्डलाई सामान्य रक्तचाप बढ्न गएको उनले उल्लेख गरेकी छन् । अस्वस्ताकै कारण शुक्रबार बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकलाई समेत प्रचण्डले सम्बोधन गरेका थिएनन् ।

गंगाका अनुसार अहिले अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहअनुसार केही घण्टा आराम गराई डिस्चार्ज गरिने छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ५ : १८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल