२३ बैशाख २०८१, आइतबार | May 5, 2024

केपी ओली सर्वसम्मत फेरि अध्यक्ष : टोपबहादुर रायमाझी



काठमाडौं । माओवादी केन्द्र छाडेर एमाले रोजेका नेकपा एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले १०औं महाधिवेशनमार्फत सर्वसम्मत रुपमा केपी शर्मा ओली अध्यक्षमा चयन हुने घाेषणा गरेका छन् ।

शनिबार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रायमाझीले १०-१२ मंसिरमा चितवनमा सम्पन्न हुने राष्ट्रिय महाधिवेशनले ओलीलाई सर्वसम्मत फेरि अध्यक्ष चुनिने दाबी गरे ।

‘हामीले विधान महाधिवेशनमा विधान सर्वसम्मत पारित गर्‍यौ । अब नेतृत्व चयन गरिने हो । अब पार्टीमा नयाँ नेतृत्वको निर्माण गर्छौं । सायद, केपी शर्मा ओली सर्वसम्मत् अध्यक्ष हुनुहुन्छ ।’ उनले भने, -‘विधान अधिवेशनले पनि यो कुराको संकेत गरिसकेको छ,।’

एमालेले आफ्नो आन्तरिक काम सम्पन्न गरिसकेको भन्दै उनले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा केन्द्रीत भएर अब संगठन विस्तारमा अघि बढ्ने बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : ५७ बजे

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं

पटकपटक हेर्न नभ्याइनेमा पर्दैआएको सन्दीपको मुद्धा आज ‘हेर्न नमिल्ने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा

उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल-जापान सम्बन्ध

काठमाडौं । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपालको औपचारिक भ्रमणमा