१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

प्रधानन्यायाधीशले आज पनि घरबाटै गठन गरे आफूबाहेकका १० इजलास



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि आफूबाहेकका १० वटा इजलास गठन गरेका छन् । नेपाल बार एसोसिएसन र सहकर्मी न्यायाधीशहरूको विरोधका बीच जबराले आइतबारका लागि १० वटा इजलास गठन गरेका हुन् । अदालत परिषरमा आन्दोलन जारी रहेपछि शुक्रबार देखि जबराले घरबाटै इजलास गठन गर्न थालेका हुन् ।

नेपाल बारले सर्वोच्च प्रवेश गर्न नदिने भन्दै आज सर्वोच्चको दुबै गेटमा धर्ना शुरु गरेको छ । शुक्रबार मुल गेटमा धर्ना दिएका बारका कानुन व्यवसायीको आँखा छल्दै अर्को गेटबाट प्रधानन्यायाधीश आदालत प्रवेश गरेका थिए ।

उनले एउटा एकल र नौवटा संयुक्त इजलासका लागि २७२ मुद्दाको पेसी तोकेका छन् ।

नेपाल बारले शान्तिपूर्ण प्रर्दशनमा हस्तक्षेप गरेको भन्दै बहस बहिष्कार गर्ने निर्णय गरेको छ भने असन्तुष्ट न्यायाधीशहरूले भने बारले बहस बहिष्कार गरेको इजास नबस्ने बताएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ११ : ०१ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर