२९ मंसिर २०८२, सोमबार | December 15, 2025

विश्व मधुमेह दिवस : बुटवलमा साईक्लिङ र वाकाथन गरि मनाईयो



बुटवल । मधुमेह रोगको बारेमा जनचेतना जगाउने उदेश्यका साथ रुपन्देहीमा विविध कार्यक्रम गरिएको छ । विश्व मधुमेह दिवसको अवसर पारेर आईतबार शंकरनगर चोकस्थित केन सेन्टरबाट वाकाथन तथा बुटवलबाट साईक्लिङ कार्यक्रम गरिएको हो ।

‘मधुमेहलाई समयमा नै उपचार गरि ढुक्कसंग जीवन बिताऔ ।’ भन्ने नारासहित केन डाईबिटिस एण्ड थाईराईड सेन्टरको आयोजनामा लायन्स क्लब अफ शंकरनगर, लायन्स क्लब अफ शंकरनगर बाटिका, कस्तुरी फ्रिज घर, केसि अप्टिकल एण्ड आई केयर, निरामया डाईलोस्टिक्स, साइकल सिटी बुटवल, लायन्स क्लब अफ बुटवल स्टारर्स, माझगाउँ टोल विकास संस्थाको सहयोगमा कार्यक्रम गरिएको हो । कार्यक्रममा स्थानिय विभिन्न संघसंस्थाहरुबाट सहभागीता रहेको थियो ।

करीब ५ किलोमिटरको वाकाथन शंकरनगर ड्राईभरटोल, जानकीनगर, योगिकुटि, जानकीनगर हुँदै केन सेन्टरमा समापन गरिएको केन सेन्टरका संचालक दिनेश कक्षपतिले बताए । यसैगरि बुटवलबाट साईकल रयाली शंकरनगर पुगेर समापन भएको थियो । नसर्ने तथा दिर्घ रोग मधुमेहका बिरामीहरु न्युनिकरण गर्न सबै क्षेत्रबाट अभियान जरुरी रहेको उनले बताए । शहरी क्षेत्रहरुमा मधुमेहका बिरामीको संख्या धेरै रहेको भन्दै उनले यसको सहि जाँच र उपचार नहुदा विरामीहरु समस्यामा परेको उनले बताए।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १२ : १२ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले