७ भदौ २०८३, आइतबार | August 23, 2026

मुस्ताङमा हिमपहिरो, भागदौडमा एक शिक्षकसहित ८ जना विद्यार्थी घाइते



काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका-२ याङ्दान खर्कमा हिमपहिरो गएको छ ।

आइतबार बिहान मुस्ताङको टुकुचे अर्थात मानापाथी हिमालबाट हिमपहिरो आएपछि भाग्‍ने क्रममा एक जना शिक्षकसहित ८ जना विद्यार्थी घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । ‘हाल घटनास्थलमा प्रहरीलाई खटाएका छौं । पहिरो रोकिएको छ । हिउँमाथि भएको हुनाले थप खस्न सक्ने अवस्था छ । सचेत रहन भनेका छौं ।’ शर्माले भने ।

भागदौडका क्रममा स्थानीय जनआर्दश अमरसिंह माविका शिक्षक र विद्यार्थीको खुट्टामा चोट लागेको हो । पठनपाठन चलिरहेका बेला पहिरो खसेपछि उनीहरू कक्षाकाेठा छोडेर भागेका थिए । पहिरोको जोखिम अझै कायम रहेकोले नजिकका घरमा बसिरहेका नागरिकहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । विद्यार्थीलाई समेत अन्तै लगिएको मुस्ताङ प्रहरीले जनाएको छ ।

हिउँ पहिरोसहित धुँलो खसेकोले मुस्ताङको लाजेङ र न्याउरीकोट ढाकिएको छ । हिउँ पहिरोका कारण स्थानीय त्रसित बनेका छन् । यसअघि यति ठूलो पहिरो खसेको अनुभव नभएको गाउँले बताउँछन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ३ : ०३ बजे

प्रधानमन्त्री शाह तीन दिनदेखि गण्डकीमा

पोखरा । प्रधानमन्त्री वालेन्द्र शाह निजी भ्रमणका सिलसिलामा तीन दिनदेखि

राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपद् आएमा समुदायस्तरबाट

विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस् : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

व्रम्हकुमारीजको वृहत् रक्तदान सोमबार पनि जारी रहने

नेपालगन्ज । आध्यात्मिक ज्ञानको माध्यमबाट विश्व शान्तिको विश्वव्यापी अभियानमा समर्पित

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना