२४ बैशाख २०८१, सोमबार | May 6, 2024

एमाले महाधिवेशनः रुपन्देहीका तीन क्षेत्रबाट प्रतिनिधि छानिए, दुुई क्षेत्रमा मतगणना जारी



बुटवल । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत रुपन्देहीका तीनवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छानिएका छन् । जसअन्तर्गत क्षेत्र नम्वर १ मा निर्वाचनबाट प्रतिनिधि चुनिएका छन् भने बाँकीमा सर्वसम्मत भएको छ ।

क्षेत्र नम्वर १ मा महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा खुलातर्फ यज्ञ गैरे, धुव्र खरेल, डा. कृष्ण न्यौपाने र ऋषिराम सापकोटा, महिलातर्फ जगेश्वरदेवी चौधरी र बिद्यालक्ष्मी गुरुङ चुनिएका छन् ।

क्षेत्र नम्वर २ मा भने सर्वसम्वत प्रतिनिधि चयन भएका छन् । जसअन्तर्गत खुलातर्फ शिवराज सुवेदी, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, वासुदेव घिमिरे र चित्रबहादुर कार्की, मोहन चापागाइँ, बाबुराम भट्टराई, गोपाल राना र बलबहादुर आचार्य, महिलातर्फ सावित्रा अर्याल, गोमादेवी आचार्य र ज्ञानु केसी महाधिवेशन प्रतिनिधि छानिएका हुन् ।

क्षेत्र नम्वर ५ मा खुलातर्फ भूमिलाल सापकोटा, रामचन्द्र यादव, जिवलाल पाण्डे र शिव पौडेल, महिलातर्फ कल्पना हरिजन, दलित खुलामा जोगलाल बिक, सुरेन्द्र श्री, महिलामा कमला बिक रहेका छन् ।

यस्तै, लुम्विनी प्रदेश मजदुरतर्फ कमल गौतम, हरिबहादुर कार्की, हुमाकान्त काफ्ले, पूर्णबहादुर केसी, महिलातर्फ रञ्जु भट्टराई, प्रेमपूर्ण योगी र सुशीला दर्लामी छानिएका छन् । रुपन्देहीको क्षेत्र नम्वर ३ र ४ मा भने सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन गरिएको छ । निर्वाचनको मतगणना जारी छ । क्षेत्र नम्वर ३ बाट महिलामा ममता पौडेल र उमा अधिकारी निर्विरोध चयन भएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ३ : ४० बजे

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा