७ आश्विन २०८३, बुधबार | September 23, 2026

मालबस्तु निकासी गर्ने व्यबसायीलाई बुटवलमा ‘अनलाईन प्रविधी’ सम्बन्धि तालिम



बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ र बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको सहकार्यमा आईतबादेखि बुटवलमा ‘नेपाल नेशनल सिंगल विन्डोज सिस्टम’ सम्बन्धि तालिम सुरु भएको छ ।

नेपालबाट बिदेश निकासी हुने मालबस्तुमा हालसम्म म्यानुअल माध्यमबाट उत्पत्तिको प्रमाणपत्र जारी हुने गरेको थियो । अव निकासी हुने मालबस्तुमा उत्पत्तीको प्रमाणपत्र जारी गर्दा डिजिटल (पेपरलेस) प्रविधिबाट गर्नको लागि उक्त तालिमको आयोजना गरिएको हो ।

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सभाहलमा आईतबारदेखि सुरु भएको तालिम दुई दिनसम्म चल्नेछ । तालिमको शुभारम्भमा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले उत्पत्तिको प्रमाणपत्र जारी गर्दा पेपरलेस बनाउन उद्योग व्यबसायीले माग गर्दै आएको र यसले उद्योगी व्यबसायीलाई छिटो छरितो, सहज र सुलभ बनाउने विश्वास व्यक्त गरे ।

तालिममा निकासी गर्ने व्यबसायी र संघका कर्मचारी गरि ११ जना सहभागि छन् । तालिमको सुरुमा भन्सार कार्यालयका आईटी अफिसर अरुण पौडेल र नेपाल नेशनल सिंगल विन्डोजका कार्यक्रम प्रमुख सलिन बल्लाले अनलाईन सिस्टमको बारेमा भर्चुअल प्रशिक्षण दिएका थिए ।

उत्पत्तिको प्रमाणपत्र जारी गर्दा निकासी गर्ने व्यबसायीले धेरै ठाउँमा फर्म भर्नु पर्ने र अनुमति लिनुपर्ने थियो । तर डिजिटलमा गएपछि घरमै बसेर सबै काम गर्न सकिने नेपाल उद्योग वाणिज्य महासंघका आईटी अफिसर मिलाप श्रेष्ठले बताए । तालिममा नेपाल नेशनल सिंगल विन्डोज सिस्टम (अनलाईन प्रविधी)मा कसरी काम गर्ने भन्ने विषयमा प्रशिक्षण गरिने छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ९ : ५३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११