१९ बैशाख २०८१, बुधबार | May 1, 2024

मालबस्तु निकासी गर्ने व्यबसायीलाई बुटवलमा ‘अनलाईन प्रविधी’ सम्बन्धि तालिम



बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ र बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको सहकार्यमा आईतबादेखि बुटवलमा ‘नेपाल नेशनल सिंगल विन्डोज सिस्टम’ सम्बन्धि तालिम सुरु भएको छ ।

नेपालबाट बिदेश निकासी हुने मालबस्तुमा हालसम्म म्यानुअल माध्यमबाट उत्पत्तिको प्रमाणपत्र जारी हुने गरेको थियो । अव निकासी हुने मालबस्तुमा उत्पत्तीको प्रमाणपत्र जारी गर्दा डिजिटल (पेपरलेस) प्रविधिबाट गर्नको लागि उक्त तालिमको आयोजना गरिएको हो ।

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सभाहलमा आईतबारदेखि सुरु भएको तालिम दुई दिनसम्म चल्नेछ । तालिमको शुभारम्भमा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले उत्पत्तिको प्रमाणपत्र जारी गर्दा पेपरलेस बनाउन उद्योग व्यबसायीले माग गर्दै आएको र यसले उद्योगी व्यबसायीलाई छिटो छरितो, सहज र सुलभ बनाउने विश्वास व्यक्त गरे ।

तालिममा निकासी गर्ने व्यबसायी र संघका कर्मचारी गरि ११ जना सहभागि छन् । तालिमको सुरुमा भन्सार कार्यालयका आईटी अफिसर अरुण पौडेल र नेपाल नेशनल सिंगल विन्डोजका कार्यक्रम प्रमुख सलिन बल्लाले अनलाईन सिस्टमको बारेमा भर्चुअल प्रशिक्षण दिएका थिए ।

उत्पत्तिको प्रमाणपत्र जारी गर्दा निकासी गर्ने व्यबसायीले धेरै ठाउँमा फर्म भर्नु पर्ने र अनुमति लिनुपर्ने थियो । तर डिजिटलमा गएपछि घरमै बसेर सबै काम गर्न सकिने नेपाल उद्योग वाणिज्य महासंघका आईटी अफिसर मिलाप श्रेष्ठले बताए । तालिममा नेपाल नेशनल सिंगल विन्डोज सिस्टम (अनलाईन प्रविधी)मा कसरी काम गर्ने भन्ने विषयमा प्रशिक्षण गरिने छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ९ : ५३ बजे

ललितपुर डढेलो : अर्का घाइतेको पनि मृत्यु

ललितपुर । गोदावरी नगरपालिका-४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो

कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने

काठमाडौं । विश्वभर कोरोना महामारीका कारण लाखौं मानिसको मृत्यु भएको

अबको राजनीतिको दिशा केहो भन्ने उपनिर्वाचनले देखाएको छ : महासचिव पोखरेल

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले अबको

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा

गैरकानुनी बाटोबाट रोजगारीमा नजान दूतावासको आग्रह

काठमाडौं । इस्लामावादस्थित नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर