१ कार्तिक २०८३, आइतबार | October 18, 2026

सिञ्जा सभ्यता विधेयकमाथि सुझाव सङ्कलन गरिने



खलङ्गा । जुम्लाको कनकासुन्दरी गाउँपालिका-४ लामाथाँडामा सिञ्जा सभ्यताको विधेयकमाथि सुझाव सङ्कलन गरिने भएको छ । कर्णाली प्रदेशसभामा दर्ता भएको सिञ्जा सभ्यताको संरक्षण तथा विकास विधेयकमाथि सुझाव सङ्कलन गरिने भएको हो ।

प्रदेशसभामा पहिलोपटक दर्ता भएको गैरसरकारी विधेयक सिञ्जा सभ्यताको संरक्षण तथा विकास विधेयकमाथि छलफल हुने कर्णाली सरकारका पूर्वकानुनमन्त्री तथा सांसद नरेश भण्डारीले बताए ।

भण्डारी र सांसद पदम रोकायाले गएको असोज १० गते प्रदेशसभामा सिञ्जा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८ दर्ता गराएका थिए ।
सिञ्जा सभ्यताको संरक्षण तथा विकासका लागि विधेयकमा उल्लेख भएका विभिन्न बुँदामाथि छलफल तथा छुटेका विषयवस्तु समेट्ने गरी सुझाव सङ्कलन हुनेछ ।

नेपाली भाषाको उद्गमस्थल सिञ्जाको विरासतलाई जोगाउन सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक कोसेढुङ्गा सावित हुने पूर्वमन्त्री भण्डारीले बताए । विधेयकले खस संस्कृतिको संरक्षण, ऐतिहासिक विषयमाथि छलफल, सिञ्जा सभ्यताको प्रचारप्रसार तथा ऐतिहासिक पर्यटकीय गन्तव्य बनाउनसमेत विधेयकले महत्व भूमिका खेल्ने बुझिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ८ : ३६ बजे

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ

भारतीय प्रियागोल्ड बिस्कुटको आयात/बिक्रीमा नेपालमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । भारतमा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटमा मानव उपभोगका लागि

वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने

काठमाडौं । वेष्ट इण्डिजका चर्चित क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल