३ पुस २०८२, बिहिबार | December 18, 2025

महाधिवेशन प्रतिनिधिको विवरण एमाले केन्द्रीय कार्यालयमा आउने क्रम जारी



काठमाडौं । नेकपा (एमाले)को आशन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि विभिन्न निर्वाचन क्षेत्र र जिल्लाबाट छानिएका प्रतिनिधिको विवरण सो पार्टीको केन्द्रीय कार्यालयमा पठाउने क्रम जारी रहेको छ ।

एमालेले छानिएका प्रतिनिधिको विवरण आजसम्ममा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको थियो । प्रतिनिधि चयनका लागि देशभर यही कात्तिक २७ गतेको मिति तय गरिएकामा सो दिन अधिकांश जिल्लाबाट सर्वसम्मत रुपमा प्रतिनिधि छानिएका थिए भने बाँकी रहेका स्थानमा पनि निर्वाचन पनि सहमतिबाट छानिएर विवरण आउन थालेको छ ।

पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ । हालसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसङ्गठन र प्रवासबाट गरी ९० प्रतिशतको हाराहारीमा प्रतिनिधि निर्वाचित भइसकेको एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जनाए । प्रतिनिधि चयन भएकाको विरणलाई डिजिटलरुपमा अभिलेखीकरण गरिनेछ ।

गत असोजमा विधान महाधिवेशन सम्पन्न गरेको एमालेले नयाँ नेतृत्व चयनका लागि आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनको सौराहमा राष्ट्रिय महाधिवेशन गर्दैछ । सो पार्टीले एक हजार ९९९ प्रतिनिधि चयन हुने जनाएको छ । त्यसको पाँच प्रतिशतसम्म मनोनित प्रतिनिधि हुन सक्नेछन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ११ : ४५ बजे

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र