२२ असार २०८३, सोमबार | July 6, 2026

सत्ता गठबन्धनले भन्यो, ‘न्यायपालिकामा देेखिएको गतिरोधको यथाशिघ्र निकास हुनुपर्छ’



काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले न्यायपालिकाको गतिरोधको यथाशिघ्र निकास हुनुपर्ने प्रतिक्रिया दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बसेको पाँच दलीय गठबन्धन राजनीतिक समन्वय समितिको बैठकले सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधप्रति ध्यानाकर्षण जनाउँदै सम्बन्धित सबै पक्षबाट छिटो निकास दिने दिशामा पहल गर्न आह्वान गरेको छ ।

‘राज्यको महत्वपूर्ण अंगको रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनियता र स्वच्छतालाई कायम राख्ने गरी यथाशिघ्र निकास हुनुपर्दछ भन्ने हाम्रो धारणा छ,’ संयोजक रामचन्द्र पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको सम्वर्द्धनमा जोड दिने निर्णय पनि गरेको छ ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : २९ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ