७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

‘सर्वोच्चमा देखिएको समस्या एक/दुई दिनभित्रै समाधान हुन्छ : प्रचण्ड



महोत्तरी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् ।

महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजनन हुने कार्यक्रम सहभागी हुन आउनुभएको अध्यक्ष प्रचण्डले जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा सर्वोच्चको समस्या एक/दुई दिनभित्र सर्वोच्चबाट नै सल्टिने बताएका हुन् ।
प्रचण्डले समस्याको छिट्टोभन्दा छिटो समाधान गर्न सरकारले आफ्नो–आफ्नो ठाउँबाट पहल गरिरहेको बताए ।

उनले भने, “आशा गरौँ, विवाद अदालतबाट नै सल्टियोस् । हामी अदालतबाटै एक–दुई दिनभित्र समस्या समाधान होस् भन्ने चाहेका छौँ ।”

प्रचण्डले अदालतमा देखिएको समस्या एक–दुई दिनमा समाधान नभए राजनीतिक रुपमा हल गरिने बताए। सरकारलाई सहयोग गर्न गठित पाँचदलीय गठबन्धन समन्वय समितिको बैठकले सन्तुलित वक्तव्य दिइसकेको जनाउँदै उहाँले यस विषयमा थप बोल्न आवश्यक नरहेको बताए ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ३ : ३९ बजे

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने

गोकुल बाँस्कोटाको टिप्पणी- सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एकीकृत

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते

सिन्धुपाल्चोक । जिल्लाको पिस्कर-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन