२३ बैशाख २०८१, आइतबार | May 5, 2024

सडक मर्मत गर्दैगर्दा स्काभेटर दुर्घटना, अपरेटरको मृत्यु



दाङ । दाङमा सडक मर्मतको क्रममा आज बिहीबार बिहानै स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बंगलाचुली गाउँपालिका-५ मा सडक मर्मतको क्रममा स्काभेटर दुर्घटना हुँदा अपरेटर घोराही-१० नारायणपुरका २२ वर्षीय सुनिल विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्यटकीय स्थल बंगलचुली टावर जाने सडक मर्मतको क्रममा बिहान साढे ४ बजेतिर रा १ क ९१४ नम्बरको स्काभेटर दुर्घटनामा परेको हो । दुर्घटनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।

घुम्तीमा सडक मर्मतको क्रममा माटोमा भासिएर स्काभेटर दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ७ : २९ बजे

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा