११ श्रावण २०८३, सोमबार | July 27, 2026

ठेकेदारको लापरबाहीले पुल अलपत्र



उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-४ सुन्दरी खोलामा निर्माणाधीन मोटेरेबल पक्की पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ ।

चौदण्डीगढी नगरपालिका वडा-४ बसाहा चिचाई टोल र वडा-५ ढेलाचौरी बीचमा रहेको सुन्दरी खोलाको पुल निर्माणमा ठेकेदारले चासो नदिँदा अलपत्र परेको हो ।

सुन्दरी खोला निर्माणाधीन मोटेरेबल पक्की पुल साढे ११ मिटर चौडाइ र साढे ६२ मिटर लम्बाइ रहेको छ । रामजानकी निर्माण सेवा कम्पनीले एक वर्षमा सक्नुपर्ने योजना तीन वर्ष बितिसक्दासमेत काम हुन सकेको छैन । निर्माण कम्पनीले वारिपारि दुईवटा पिल्लर उठाएर ठेकेदार बेपत्ता भएपछि एक वर्षमा सकिनुपर्ने काम नसकिएको हो । अब स्ल्याब मात्र राख्न बाँकी छ ।

तीन वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयबासीले वर्षायाममा बाढीको समयमा वारिपारि आउजाउ गर्न सास्ती खेप्नुपरेको स्थानीय रमेश बिष्टले बताए । निर्माण कम्पनीका ठेकेदार शम्भु ठाकुरले केही दिनमा पुनः निर्माणको काम सुरु हुने बताए । ‘आगामी जेठ मसान्तभित्रमा सक्नुपर्ने दबाब छ मलाई, त्यसैले चाँडै काम सुरु हुनेछु, उनले भने । सो पुल ११ करोड रुपैयाँमा ठेक्का लगाइएको थियो ।

त्यसैगरी बसाहा शनिबारेस्थित कालीखोलाको पुलमा स्ल्याब हालिसकिएकनले त्यहाँको पनि काम चाँडै सक्ने ठेकेदार ठाकुरले बताए । दुवै पुल एउटै निर्माण कम्पनीले ठेक्का लिएको हो । निर्माण कम्पनीका इञ्जिनियर सुरेन्द्र सिंहले भने, ‘काम छाडेको छैन । त्यही कामका लागि इक्विपमेन्टहरू पठाउने काम भइरहेको छ । छिट्टै काम थाल्नेछौँ ।’

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ७ : ३२ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला