२९ भदौ २०८३, सोमबार | September 14, 2026

आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता घोषणा



काठमाडौ । विगत वर्षहरूमा झैँ आइएमईले २०७८ का ठूला चाडपर्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको छ ।

प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश दाहाल बम्पर विजेता छनोट भएका हुन् । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरि एवम् दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरी बम्पर विजेता छनोट गरेका हुन् ।

दोलखाको वैतेश्वर गाउँपालिका वडा नं ३ मैनापोखरी निवासी जीवेश दाहालले संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत रु एक लाख ५६ हजार ५५८ घर पठाएका थिए । बम्पर पुरस्कारमा उनले पठाएको रकमको आठ गुणा बढी प्राप्त गरेका छन् ।

वम्पर पुरस्कार विजेता दाहालले प्राप्त रकम बाख्रा पालन विस्तारमा उपयोग गर्ने बताए । उनका घरपरिवारले दोलखामा बाख्रा पालन गरिरहेका छन् ।

कार्यक्रममा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगत २० वर्षदेखि आइएमईले विदेशमा नेपालीले आर्जन गरेको रकम सहज रुपमा घर पठाउने व्यवस्था गर्दै आएको बताए । उनले भने आइएमईले व्यावसायिक नाफाभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाहलाई विशेष ध्यान दिएको छ ।

विप्रेषण दैनिक उपभोगमा अधिक खर्च भएको छ त्यसलाई कम गर्दै प्रतिफल दिने दीर्घकालीन परियोजनामा लगानी गर्न आवश्यक छ ।

आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीसँगको सम्बन्ध अझ सुमधुर बनाउन र व्यवसाय प्रवद्र्धन गर्न प्रस्तुत कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे । ब्राण्ड एम्बासडरद्वय गिरि र निरौलाले लामो समयदेखि आइएमईसँग आबद्ध हुन पाउँदा आफुहरुलाई खुशी लागेको बताए ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ७ : ०९ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ