१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

राष्ट्रियसभाको रिक्त १९ सदस्यका लागि माघ १२ गते निर्वाचन हुने



काठमाडौं । राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुसार सरकारले राष्ट्रियसभाको निर्वाचन माघ १२ गते गर्ने गरि समय निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राष्ट्रियसभाको निर्वाचनको मिति तोकेको हो ।

राष्ट्रियसभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये १९ जनाको निर्वाचन हुने छ भने १ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने छिन् ।

राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था भए अनुसार सरकारलाई निर्वाचन आयोगले माघ १५ गतेभित्र निर्वाचन सम्पन्न गर्न आग्रह गरेको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ९ : ४५ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष