१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

झन्डा मेला हेर्न गएकी महिलाको बलात्कारपछि हत्या



महोत्तरी । महोत्तरीमा झन्डा मेला हेर्न गएकी एक महिलाको बलात्कारपछि हत्या भएको तथ्य खुलेको छ ।

गत १३ असोजमा झन्डा मेला हेर्न गएकी भंगहा-२ बखरी टोलकी  ३५ वर्षीया अमृता सदाको बलात्कारपछि हत्या भएको खुलेको हो ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सदाको हत्यामा संलग्न रहेको आरोपमा समातिएका दुईजनालाई सार्वजनिक गरेको हो । बलात्कारपछि हत्या घटनामा महोत्तरीको भंगहा नगरपालिका-५ सीतापुर बस्ने २४ वर्षीय विपीन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोज यादव संलग्नता रहेको जिल्ला प्रहरी प्रमुख दिनेश आचार्यले जानकारी दिए ।

उनीहरूले अमृतलाई मेला हेर्न जाउँ भनी झुक्याएर साँझ ९ बजे गाउँ नजिकैको चौरीमा पुर्‍याएर पालैपालो बलात्कार गरेको र बेहोस भएपछि हत्या गरेको अभियुक्तहरूले स्वीकार गरेको आचार्यले बताए ।

प्रहरीका अनुसार १ मंसिरमा विपीनलाई उनकै गाउँबाट र मनोजलाई सिरहाको मिर्चैया नगरपालिका-५ पक्राउ गरिएको हो  । उनीहरूमाथि जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १२ : ५७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम