१६ बैशाख २०८१, आइतबार | April 28, 2024

प्रचण्ड र अमेरिकी विदेशमन्त्री लुबीच भेटवार्ता, नेपालले छिटो निर्णय नलिए एमसीसी फिर्ता हुने लुको चेतावनी



काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डसँग भेटेर नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्झौता अनुमोदन नगरे सो परियोजना अन्यत्र लैजाने कुरा दाहोर्याएका छन् ।

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको शिष्टाचार भेटमा एमसीसी सम्झौता सम्बन्धमा छिटो निर्णय गर्न आग्रह गर्दै नेपालले सम्झौतामा निर्णय नदिए अन्यत्र लैजाने बताएका हुन् ।

शुक्रबार सिंहदरबारमा भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लुले प्रचण्डसँग अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी बारे लामो चासो व्यक्त गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । मल्लका अनुसार विदेशमन्त्री लुले प्रचण्डलाई अनुदान सहयोग लिने वा नलिने बारेमा नेपाल छिट्टै निर्णयमा पुग्नुपर्नेमा जोड दिएका थिए ।

एमसीसीका बारेमा विदेशमन्त्री लुको जबाफमा प्रचण्डले अमेरिकी सहयोग नलिने भन्ने आफ्नो धारणा नभएको स्पष्ट पारेको स्वकिय सचिव मल्लले बताए । एमसीसीमा उल्लेखित केही प्रावधान नेपालमा विवादको विषय बनेको जानकारी दिँदै प्रचण्डले लु समक्ष एमसीसीबारे राष्ट्रिय सहमति बनाएर निर्णय गर्ने जबाफ दिएको मल्लले जानकारी दिए ।

एमसीसीका बारेमा सबै नेपालीहरुले एउटा साझा समझदारी बनाउने प्रयास गर्ने जवाफ प्रचण्डले लुलाई फर्काएको मल्लले बताए । मल्लका अनुसार प्रचण्डले एमसीसीबारे दलहरुले आफ्नो मत संसदभित्रै राख्ने अवस्था पनि आउन सक्ने लुलाई बताएका थिए ।

भेटमा विदेशमन्त्री लुले शान्ति प्रक्रिया देखि आज सम्मको अवस्थामा प्रचण्डको भूमिकाको मुक्त कण्ठले प्रशंसा गरेको बताउँदै स्वकिय सचिव मल्लले प्रचण्डको भावि नेतृत्वको सफलताको लागि पनि लुले शुभकामना दिएको बताए ।

 

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ६ : ३६ बजे

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई