११ भदौ २०८३, बिहिबार | August 27, 2026

प्रचण्ड र अमेरिकी विदेशमन्त्री लुबीच भेटवार्ता, नेपालले छिटो निर्णय नलिए एमसीसी फिर्ता हुने लुको चेतावनी



काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डसँग भेटेर नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्झौता अनुमोदन नगरे सो परियोजना अन्यत्र लैजाने कुरा दाहोर्याएका छन् ।

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको शिष्टाचार भेटमा एमसीसी सम्झौता सम्बन्धमा छिटो निर्णय गर्न आग्रह गर्दै नेपालले सम्झौतामा निर्णय नदिए अन्यत्र लैजाने बताएका हुन् ।

शुक्रबार सिंहदरबारमा भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लुले प्रचण्डसँग अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी बारे लामो चासो व्यक्त गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । मल्लका अनुसार विदेशमन्त्री लुले प्रचण्डलाई अनुदान सहयोग लिने वा नलिने बारेमा नेपाल छिट्टै निर्णयमा पुग्नुपर्नेमा जोड दिएका थिए ।

एमसीसीका बारेमा विदेशमन्त्री लुको जबाफमा प्रचण्डले अमेरिकी सहयोग नलिने भन्ने आफ्नो धारणा नभएको स्पष्ट पारेको स्वकिय सचिव मल्लले बताए । एमसीसीमा उल्लेखित केही प्रावधान नेपालमा विवादको विषय बनेको जानकारी दिँदै प्रचण्डले लु समक्ष एमसीसीबारे राष्ट्रिय सहमति बनाएर निर्णय गर्ने जबाफ दिएको मल्लले जानकारी दिए ।

एमसीसीका बारेमा सबै नेपालीहरुले एउटा साझा समझदारी बनाउने प्रयास गर्ने जवाफ प्रचण्डले लुलाई फर्काएको मल्लले बताए । मल्लका अनुसार प्रचण्डले एमसीसीबारे दलहरुले आफ्नो मत संसदभित्रै राख्ने अवस्था पनि आउन सक्ने लुलाई बताएका थिए ।

भेटमा विदेशमन्त्री लुले शान्ति प्रक्रिया देखि आज सम्मको अवस्थामा प्रचण्डको भूमिकाको मुक्त कण्ठले प्रशंसा गरेको बताउँदै स्वकिय सचिव मल्लले प्रचण्डको भावि नेतृत्वको सफलताको लागि पनि लुले शुभकामना दिएको बताए ।

 

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ६ : ३६ बजे

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट

रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा

त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

चितवन । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीमा

बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १५७

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।