११ श्रावण २०८३, सोमबार | July 28, 2026

माछा मार्न छाडिएको करेन्ट लागेर पाल्पामा युवतीको मृत्यु



पाल्पा । पाल्पामा माछा मार्न छाडिएको विद्युत्को करेन्ट लागेर एक युवतीको मृत्यु भएको भएको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका-२ तासियलकी ३२ वर्षीय सुमित्रा विकको माछा मार्न लगाइएको विद्युत्को करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरबाट सर्दी खेतमा गएकी सुमित्रालाई खोलामा पस्दा स्थानीय युवाले माछा मार्न लगाएको करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत अवस्थामा रहेकी विकलाई उपचारका लागि युनाइटेड मिसन अस्पतालमा लगिएको थियो । अस्पतालमा चिकित्सकले मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनामा सङ्लग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पकाउ गरेको छ । पक्राउ पर्नेमा रैनादेवी छहरा-२ बस्ने हुमबहादुर घर्ती, हरिप्रसाद पाण्डेय, अलि बुढा, पदमबहादुर गाहा र धनबहादुर गाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । सूर्य गरजा र लालबहादुर बुढा भने फरार रहेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ७ : ५२ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला