२४ बैशाख २०८१, सोमबार | May 6, 2024

गृहमन्त्री बालकृष्ण खाँणकै गृह जिल्लामा स्वकीय सचिव पराजित



बुटवल । प्रदेश प्रतिनिधिको रुपमा उम्मेदवारी दिएका गृहमन्त्री बालकृष्ण खाँणका स्वकिय सचिव पराजित भएका छन् ।

को १४औँ महाधिवेशन अन्तर्गत भएको रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट लुम्बिनी प्रदेश प्रतिनिधिको उम्मेदवारी दिएका विजेश न्यौपाने पराजित भएका हुन् ।

उक्त क्षेत्रमा रामचन्द्र पौडेल समूहको पुरै प्यानल विजयी भएको छ । बुटवल उपमहानगर र तिलोत्तमा नगरका विभिन्न वडा समेटेर बनेको क्षेत्र नम्बर २ ९क० खाँणको बलियो पकड भनिएको क्षेत्र हो । यही क्षेत्रबाट उम्मेदवार बनेका लुम्बिनी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाका स्वकीय सचिव समेत पराजित भएका छन् । निर्वाचन समितिले दिएको जानकारीअनुसार खड्कबहादुर महत नेतृत्वका अधिकांश उम्मेदवारले जित हासिल गर्दा देउवा समूहका दुई जना मात्र चयन भएका छन् ।

यस्तै, रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ (ख) मा समेत खाँण पक्ष कमजोर देखिएको छ । यो क्षेत्रमा पनि पौडेल समूहका अधिकांश पदाधिकारी तथा सदस्य प्रतिनिधि चयन भएका छन् । यो क्षेत्रमा पौडेल समूहका पर्शुराम ढकालको प्यानल विजयी हुँदा देउवा समूहका रामेश्वर श्रेष्ठको प्यानल पराजित भएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ (क) मा भने देउवा पक्षको आक्रमणबाट पौडेल समूहका उम्मेदवारसहित कार्यकर्ता घाइते भएपछि मतगणना स्थगित भएको छ । क्षेत्र नम्बर ३ (ख) मा देउवा समूहका घनश्याम चालिसे नेतृत्वको पुरै प्यानलले जित हासिल गरेको छ ।

निर्वाचन क्षेत्र नम्बर ४ (क) मा महामान्त्री शशांक कोइराला निकट शिवकुमार यादव र ४ (ख) मा कोइराला निकट नै श्रीराम यादव नेतृत्वको पुरै प्यानल निर्वाचित भएको छ । यस्तै, क्षेत्र नम्बर ५ (क) रामबहादुर थापा नेतृत्वको प्यानल विजयी भएको छ भने (ख) मा यसअघि नै निर्विरोध भइसकेको छ । दुवै क्षेत्रमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह पक्षका उम्मेदवार छानिएका हुन् ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १ : ४२ बजे

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ललितपुरको महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण