२ बैशाख २०८३, बुधबार | April 15, 2026

महाधिवेशन प्रतिनिधिमा षडयन्त्रपूर्वक हराएको भन्दै रुपन्देहीका एक एमाले नेताले दिए राजीनामा



बुटवल । एमाले रुपन्देहीका पूर्व अध्यक्ष शिवराज सुबेदीले महाधिवेशन प्रतिनिधि छनौटमा असहयोग गरेको र आफ्नो कार्यकाल असफल बनाउन भूमिका खेलेको भन्दै पूर्व कृषि राज्यमन्त्री समेत रहेका एमाले नेता ओमप्रकाश यादव (गुल्जारी)ले एमालेका सबै जिम्मेवारी त्याग गरेका छन् । महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा उम्मेदवार भएका गुल्जारीले पार्टीको सबै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

शनिबार मायादेवी गाउँपालिका–६ शिवपुर (मर्चवार)मा पत्रकार सम्मेलनको आयोजना गर्दै यादवले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह–इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले पार्टीको साधारण सदस्यबाट भने राजीनामा नदिएको बताए । नेता यादवले महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा भएका गतिविधिबारे असन्तुष्टि जनाउँदै प्रतिनिधि छनोटका क्रममा भएका गतिविधिको छानबिन र समीक्षा गर्न समेत नेतृत्वसमक्ष आग्रह गरेका छन् ।

यादवले आफुलाई जिल्लामा काम गर्न पार्टी अध्यक्ष शिवराज सुवेदीबाट असहयोग भएको पत्रकार सम्मेलनमा बताए । उनले जिल्ला पार्टीका पूर्व अध्यक्षबाट आफुलाई असहयोग भएको दाबी गर्दै ३ महिनाअघि नै पार्टी उपमहासचिव विष्णु पौडेललाई जानकारी गराएपनि सुनुवाई नभएको बताए ।

 

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ५ : ३६ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले