१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

महाधिवेशन प्रतिनिधिमा षडयन्त्रपूर्वक हराएको भन्दै रुपन्देहीका एक एमाले नेताले दिए राजीनामा



बुटवल । एमाले रुपन्देहीका पूर्व अध्यक्ष शिवराज सुबेदीले महाधिवेशन प्रतिनिधि छनौटमा असहयोग गरेको र आफ्नो कार्यकाल असफल बनाउन भूमिका खेलेको भन्दै पूर्व कृषि राज्यमन्त्री समेत रहेका एमाले नेता ओमप्रकाश यादव (गुल्जारी)ले एमालेका सबै जिम्मेवारी त्याग गरेका छन् । महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा उम्मेदवार भएका गुल्जारीले पार्टीको सबै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

शनिबार मायादेवी गाउँपालिका–६ शिवपुर (मर्चवार)मा पत्रकार सम्मेलनको आयोजना गर्दै यादवले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह–इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले पार्टीको साधारण सदस्यबाट भने राजीनामा नदिएको बताए । नेता यादवले महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा भएका गतिविधिबारे असन्तुष्टि जनाउँदै प्रतिनिधि छनोटका क्रममा भएका गतिविधिको छानबिन र समीक्षा गर्न समेत नेतृत्वसमक्ष आग्रह गरेका छन् ।

यादवले आफुलाई जिल्लामा काम गर्न पार्टी अध्यक्ष शिवराज सुवेदीबाट असहयोग भएको पत्रकार सम्मेलनमा बताए । उनले जिल्ला पार्टीका पूर्व अध्यक्षबाट आफुलाई असहयोग भएको दाबी गर्दै ३ महिनाअघि नै पार्टी उपमहासचिव विष्णु पौडेललाई जानकारी गराएपनि सुनुवाई नभएको बताए ।

 

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ५ : ३६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम