१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

वडा अध्यक्षको निधनको शोकमा बुटवल उप-महानगरपालिकाले दियो एक दिन बिदा



बुटवल । बुटवल उप-महानगरपालिकाले जनप्रतिनिधिको निधनमा एक दिन शोक बिदा दिने भएको छ । उपमहानगरको ३ नम्बर वडाका वडा अध्यक्ष लाल प्रसाद बस्यालको निधनमा उपमहानगरका सम्पूर्ण सेवाहरु आज (मंगलबार) एकदिनका लागि बन्द गरिएको उपमहानगरले जनाएको छ ।

उपमहानगरले जारी गरेको सूचना अनुसार शोकमा परेको उपमहानगरका अत्यावश्यक सेवा बाहेकका उपमहानगर र वडा स्तरका समेत सबै सेवाहरु एक दिनका लागि बन्द रहने जनाइएको छ ।

बुटवल क्षेत्रका पाका कम्युनिष्ट कार्यकर्ता तथा स्थानीय तहमा वडा नम्बर ३ बाट निर्वाचित अध्यक्ष बस्यालको सोमबार आफ्नै घरको शौचायमा लडेर मृत्यु भएको थियो ।

७३ वर्षिय वडा अध्यक्ष बस्यालको निधनको शोकमा उपमहानगरमा मंगलबार बिहान शोक सभा राखिएको थियो । शोकसभामा उपमहानगरका प्रमुख शिवराज सुबेदी, उप प्रमुख गोमादेबी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी लगायतले स्वर्गिय बस्यालको तस्विरमा माल्यापैण गर्दै श्रद्धान्जली अर्पण गरेका थिए । सो अवसरमा बोल्दै उपमहानगर प्रमुख सुबेदीले सम न्यायिक र समनतामुलक समाज बनाउने बस्यालको सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ११ : २५ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू