१२ बैशाख २०८१, बुधबार | April 24, 2024

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावललाई ओलीले भने, ‘लोकतन्त्रमा चुनौती स्वाभाविक’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलको उम्मेदवारीलाई स्वभाविक रुपमा लिने बताएका छन् । अल्फाविटामा सम्पादकहरुसँग अन्तरक्रियामा अध्यक्ष ओलीले लोकतन्त्रमा चुनौती स्वभाविक भएको बताए ।

‘रावलजीले मलाई चुनौती दिनु भएको छैन । मैले बढी खटेकाले आराम दिन खोज्नु भएको हो । उहाँको स्नेहपूर्ण सुझाववाट प्रभावित छु । रावलजीलाई मन पराउनेहरूले मैले विश्राम लिए हुन्छ भन्ने देखिन्छ । तर, रावलजीको मनमा यो छैन,’ उनले भने ।

अध्यक्ष ओलीले आफ्नो उम्मेदवारी टुंगो नलागेको पनि बताए । ‘म उठने/ नउठने कुनै टुंगो गरेको छैन । मलाई कसैले चुनौती दिन खोज्यो भने लोकतन्त्रमा चुनौती स्वाभाविक हो,’ उनले भने ।

आफू उठ्दा अरुले प्रतिस्पर्धा नगरोस भनेर आफूले नचाहने उनको भनाइ थियो । ‘म उठ्ने भएकाले अरू नउठुन भन्ने चाहन्नन । नउठोस् भनेर दबाब दिने छैन । सहमति हुँदैन भने मैले सहमति गर भनेर कर गर्दिन । करकाप गरेर सहमति गर भन्दिन, म अवसरमा भाँजो हाल्दिन, सबैलाई चुनाव लड्न दिनेछु,’ उनले भने ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ४ : ०८ बजे

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने