१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

शिक्षकहरुले राजनीति गर्नुहुन्न भन्नु राजनीतिक सिस्टमलाई कमजोर पार्नु हो : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक र सामाजिक क्रान्तिमा शिक्षकहरुको ठूलो योगदान रहेको बताएका छन् ।

अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले भने, ‘नेपालमा जति पनि पार्टी छन् शिक्षककै योगदानका दल छन् । सबभन्दा धेरै गाउँमा मजदुर किसानसँग एकाकार भएर राजनीतिक दलहरुलाई स्थापित गराउने, राजनीतिक नीति कार्यक्रमलाई जनताको बीचमा लैजाने शिक्षकहरु नै हुन्,’ उनले भने ।

दाहालले शिक्षकहरुले राजनीति गर्नु हुन्न भन्नु राजनीतिक प्रणालीलाई कमजोर पार्नु भएको बताए । ‘अब शिक्षकहरुले राजनीतिक गर्नुहुन्न भनिदिए पछि राजनीतिक सिस्टमलाई नै कमजोर पार्ने नीति बाहेक केही होइन,’ उनले भने, ‘शिक्षकहरु अझ सक्रियताका साथ समाजसेवा, सामाजिक र राजनीतिक रुपान्तरणमा लाग्नुपर्छ । अनिमात्र सामाजिक रुपान्तरणमा देशमा लैजान सकिन्छ ।’

राणाकालदेखि त्यसपछिका आन्दोलनलाई जनव्यापी बनाउने कुरामा शिक्षकहरुको भूमिका रहेको उनको भनाइ छ ।

‘शिक्षकहरुलाई राज्यले सेवा सुविधा सम्मान अनुसन्धानमा सहभागी गराउनुपर्छ । हामीकहाँ उल्टो छ । सबैभन्दा बढी विभेदमा पारिएको छ । त्यहीँ भएर राजनीतिक क्रान्तिलाई साथ दिएको मजदुर र श्रमजीवीलाई साथ दिएर क्रान्तिकारी भएको हो । राज्यले साथ नदिएपछि क्रान्तिमा आउनुपरेको छ । शिक्षकलाई सबैभन्दा बढी सेवा सुविधा दिने व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

अब समाजवादी क्रान्तिको नयाँ चरणमा शिक्षकहरुले अझ सशक्त रुपमा समाजवादी रुपान्तरणका लागि भूमिका खेल्नुपर्ने उनको भनाइ छ । ‘अहिले पनि हाम्रा समस्या जहाँका त्यहीँ छैन । परिवर्तनको उपलब्धी महसुस गर्न पाएको छैन । अनुहार फेरिएका छन् । सिस्टम त्यहीँ छ । अर्कालाई प्रधानमन्त्री बनाउँदै पुर्‍याउँदै स्थिति भयो । क्रान्ति गर्ने बाहिर छ । त्यसकारण अझ डटेर जानुपर्छ,’ उनले भने ।

शिक्षकहरुको आत्मसम्मानका लागि अझै पनि एउटा लडाइ लड्नुपर्ने र शान्तिपूर्ण ढंगले समाजवादी आन्दोलनलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ४ : १९ बजे

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को